• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गीत-सङ्गीत मनोरञ्जन

    १२ वर्षपछि गायनमा फर्किए योगेश्वर अमात्य

    1.2K
    SHARES



    Yogeshwor Amatya 3 - 1

    काठमाडौं। गायक योगेश्वर अमात्यले १२ वर्षपछि नयाँ गीत ‘कुनै दिन’ ल्याएका छन् । दरबारमार्गमा शनिबार साँझ एक कार्यक्रम आयोजना गरी उनले गीत सार्वजनिक गरेका हुन् ।

    योगेश्वरले गाएका यो गीतसँग एउटा पुरानो किस्सा जोडिएको छ । सरोज बास्तोलाले रचेको यस गीतलाई वि.सं. २०५१ सालमा यसका सङ्गीतकार ओमविक्रम विष्टले आफ्नै आवाजमा रेकर्ड गरेका थिए। तर, त्यस बेला विभिन्न कारणले सार्वजनिक भएको थिएन ।

    ३० वर्षपछि यो गीतलाई पुनः एरेन्ज गरी योगेश्वरको आवाजमा रेकर्ड गरेर भिडियोसहित सार्वजनिक गरिएको हो । कार्यक्रममा अमात्यले यस नयाँ गीतबाट दर्शकहरूसँगको दूरी घट्ने विश्वास व्यक्त गरे ।

    भिडियोमा नायक प्रवीण खतिवडा, करुणा श्रेष्ठ र विकाश लामिछानेको अभिनय छ भने असिम रानाभाटको विशेष उपस्थिति छ । यस म्युजिक भिडियोका कन्सेप्ट र निर्देशन सुब्रत आचार्यले गरेका हुन्‌ ।

    अमात्यका ‘जब सन्ध्या हुन्छ’, ‘लैजा चरी’, ‘सिन्धुली गढी’, ‘म मरे पनि मेरो देश’, ‘मलाई प्यारो लाग्छ’ लगायत गीत लोकप्रिय छन्‌ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ