• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    हिमालयन आंखा अस्पतालमा यौ’न का’ण्ड, घटना लुकाउन मध्यराति मिलापत्र

    10.6K
    SHARES

    पोखरा । पोखरा महानगरपालिका १७ मा रहेको हिमालयन आँखा अस्पतालका एक जना अधिकृतले आफ्नै अस्पतालकि महिला कर्मचारीमाथि यौ’न हिँ’सा गरेको खुलेको छ । अस्पतालका लेखा शाखा प्रमुख बामदेव सुवेदीलाई सोही अस्पतालमा कार्यरत एक महिला कर्मचारीले आफुमाथि यौ’न हिँ’सा गरेको आरोप लगाएकी हुन् ।

    पूर्व घर भएकी ति महिला कर्मचारीले आफुमाथि सुवेदीले लामो समयदेखि यौ’न शो’षण गर्दै आइरहेको उजुरी सुक्रबार अस्पताल प्रशासनलाई दिएकी छन् । ति महिलाले उजुरी दिएपछि सुक्रबार रति १० बजेसम्म अस्पताल प्रशासनको बैठक बसेको थियो । राति अबेरसम्म बसेको बैठकले लेखा प्रमुख सुबेदीलाई निलम्बन गर्ने निर्णय गरेर चिट्ठी काटेको छ ।

    अस्पतालमा स्थायी कर्मचारी रहेका सुवेदीले चिट्ठी बुझ्न नमानेको समाचार स्रोतले जनाएको छ । अस्पताल स्रोतले सञ्चारकेन्द्रलाई दिएको जानकारी अनुसार सुवेदीलाई निलम्बन गरेर छानबिन शुरु गरे पनि घटनालाई तत्काल बाहिर नलैजाने सहमति गर्दै मिलापत्र गरिएको छ । करिव ३८ बर्षिया ति महिलालाई लेखा प्रमुख सुवेदीले बिगत लामो समयदेखि विभिन्न डर र प्रलोभन देखाई यौ’न शो’षण गर्दै आइरहेको उजुरीमा उल्लेख गरिएको छ।

    अस्पतालको कर्मचारी युनियनका एक जना पदाधिकारीले सञ्चारकेन्द्रसँग टेलिफोनमा कुराकानी गर्दै लेखा प्रमुख सुवेदीले एक जनालाई मात्र नभएर अन्य २-३ जना महिलाहरुलाई समेत यसरी नै यौ’न शोषण गरेको सूचना आफुहरुले पाएको बताएका छन् । सुबेदीले आफु अस्पताल प्रशासनसँग नजिक रहेका कारण स्थायी गरिदिने प्रलोभन देखाएर ति महिलालाई यौन शोषण गरिएको सूचना आफुले पाएको अस्पतालका एक कर्मचारीले बताए।

    सुवेदीले लामो समयदेखि यौ’न शोषण गरिरहेको र घटना बाहिर लगे जागिर खाइदिने धम्की दिएका कारण उनले उजुरी गर्न नसकेको अस्पतालका एक कर्मचारीले बताए । सुवेदीले उनका अलावा अन्य महिलाहरुलाई पनि ड’रध’म्की दिँदै यौ’न शोषण तथा दुराचार गर्ने गरेको कुरा अस्पताल प्रशासनमा मौखिक जानकारी आएपछि ति महिलाले लिखित उजुरी दिएकी हुन् ।

    आरोपित सुबेदीलाई निलम्बन गरेर आवश्यक छानबिन गर्ने कार्य अगाडि बढाइएको अस्पताल प्रसाशनले जनाएको छ । यौ’न शो’षण गरेको बिषयमा पीडित महिलाले हालसम्म प्रहरीकहाँ भने उजुरी दिइसकेकी छैनन् । अस्पताल प्रसाशनले आरोपीलाई निलम्वन गरी अनुसान्धान थालेपछि पीडितलाई प्रहरीमा उजुरी दिन सक्ने बाटो खुलेको छ ।

    समाचार स्रोतका अनुसार घटनालाई सकेसम्म आन्तरिकरुपमा मिलाउने र बाहिर नलैजाने भनेर सुक्रबार मध्यराति १० बजे दुई जना वकिलसहित अस्पताल प्रशासन र कर्मचारी युनियनका प्रतिनिधिहरु बसेर मिलापत्र गरेको बताइएको छ । घटनाको थप छानविन गर्न भनेर प्रशासनले इन्द्रमान महर्जनको नेतृत्वमा ३ सदस्सीय छानविन समिति समेत गठन गरेको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ