• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    नाटकीय प्रतिबन्ध र जनसांस्कृतिक अभियान

    7.8K
    SHARES



    रणदिप । एकीकृत जनक्रान्तिको धेरै विशेषतामध्ये सबैभन्दा महत्वपूर्ण विशेषता यो नेपाली धर्तीको नै उपज हो । पछिल्लो चरणमा भएको आन्तरिक सुदृढीकरण यसैको प्रतिबिम्ब । नेपाल कम्युनिष्ट पार्टीको मौलिकता यसमा रह्यो की यो पार्टीले माक्सवाद, लेनिनवाद र माओवादको सार्बभौम सिदान्तलाई नेपालको विशिष्टतामा प्रयोग र विकासका क्रममा फड्को मारिरहेको छ ।

    मालेमावादको सृजनात्मक प्रयोगको नाममा संसोधनवादी भड्कालोमा फसेका कम्युनिष्टहरुलाई चुनौती दिदै राष्ट्र र राष्ट्रियताका साथै नेपाली जनताको आफ्नो राजनीतिक अधिकार प्राप्तीका लागि फासिवादी केपी सरकारको कथित प्रतिबन्धलाई धुजा-धुजा पार्दै अगाडि बढीरहेको छ । नेपाली कम्युनिष्ट आन्दोलनमा देखा परेका प्रतिकुलता र प्रतिक्रान्तिलाई चिर्दै सचेत र सुझबुझका साथ बिकासको अग्रगामी यात्रातिर लम्किरहेको छ ।

    प्रतिबन्ध केबल निरिहहरुका लागि देखाउने दात भएको छ । बर्तमान फासिबादी निरंकुस शक्तीकाबिरुद्द चुनौतीको नया धारको रुपमा स्थापित हुँदै एक जनप्रिय पार्टी हो भन्नेमा कसैको दुईमत देखिदैन । जस्ले आफु बाहेक कोहि होइन ठान्थ्यो, टाउको दुखाई उसैको बाहेक कसैको छैन । अब प्रश्न उठ्छ न्यायपुर्ण आवाजहरुलाई के बन्दुकले दवाउन सम्भव छ ? के बिसौ शताब्दीतिरका बिश्वका शाशकहरुले अपनाएको जनबिरोधी नीति प्रयोग गरेर सम्भव छ ?

    अँह मार्क्स, लेनिन, माओ, गोन्जालो र जनयुद्दको हुबहु तरिकाले परिबर्तन अब सम्भव छ, नत हिटलर, जार शाही, च्याङका सेक, फुजिमोरी र राणा, राजा, काँग्रेसले अपनाएको दमनको तरिकाले बिद्रोहलाई सिध्याउन वा निस्तेज पार्न सम्भव छ । उहिले त सम्भव भएन भने बर्तमानमा झनै असम्भव कुरा हो । याे सपना फासिवादीहरुको सपनामै सिमित हुन्छ ।

    एकीकृत जनक्रान्ति बिश्वमा कहीँ कसैले प्रयोगमा नल्याएको नितान्तै भिन्न एबं बैज्ञानिक कार्यदिशा हो । यो बिप्लबी दृश्टीकोणको केन्दीकरण हो । यो एक आगो हो । सायद योसंग खेल्ने जससे दुष्प्रयास गर्छ सम्भव: उ आफै खरानी बन्नेछ । यो क्रान्ती जित्ने सग मात्र सम्वन्धित छैन जितेको क्रान्तिलाई दिर्घयी र साम्यवादको यात्रा सुनिश्चित गर्ने एक्काइसयौ शताब्धिको वैज्ञानिक कार्यदिशा हो ।

    तर्सथ यो कार्यदिशालाई नत बन्दुक, लाठी र बुटले नत नँया गोयबल्स बास्कोटा सैली प्रयोग गरेर नै दबाउन सकिन्छ । यो असत्यलाई बिस्थापित गरेर सत्य स्थापित गर्ने महान बिचार हो, त्यसैले कठिन एबं चुनौतिपूर्ण हुनु पनि स्वभाविक छ । यी सबै बुझेर बर्तमान नवसंशोधनवादी दलालहरुको गठजोडमा बनेको केपी-रामे मण्डीले रातारात प्रतिबन्धको लौरी तेर्स्याउन बाध्य भएका हुन, तथापी पनि यो क्रम: आफै पन्छिएर वा सडेर जानेमा कुनै दुईमत छैन ।

    जनसांस्कृतिक अभियान र कालिकोट
    देशव्यापी रुपमा सामान्य असरजस्तो देखिएपनि पछिल्लो चरणमा प्रतिबन्ध निष्कृय बन्दै गएको छ । नेकपाका गतिबिधीहरु राजनीतिक, सांगठानिक र संघर्षमा केन्द्रित हुँदै अघि बढीरहेका छन । ठिक यही सिलसिलामा पौष १ गते केन्द्रीय सामना कलाकार कालिकोट प्रबेश ग-यो । २ गते कालिकोट भर्तनमा भब्य जनसभाकाबीच कलाकारलाई कालिकोटको पार्टी र जनसमुदायले भब्य स्वागत एबं सम्मान ग-यो ।

    उक्त कार्यक्रमका केन्द्रिय कलाकार सामनाले धितमर्ने गरी जनवादी प्रस्तुतीहरु मार्फत एकीकृत जनक्रान्तीको बिचार जनतामा सम्प्रेषण ग-यो । करिब ११ / १२ सय जनसमुदायको उपस्थितिमा अभियानको उद्घाटन गरियो । त्यसपछि हाम्रो यात्रा पूर्वी कालिकोटतिर तय भयो । सुकाटिया, मुगराहा, गेला ओदानकु हुँदै तीलापारी पाखाछाप्रे हुँदै फोईसम्मको यात्र निश्चित ग-यौ भने पश्चिम कालिकोटको लालुबाट ब्युरोको कलाकारले आफ्नो अभियान सुरु ग-यो ।

    कयौं हीमपहाडहरु छिचोल्दै अगाडि बढेको अभियानले कयौं भिरपाखारहरु, प्रतिकुल मौसम उकाली ओरालीहरु जनताले अत्यन्तै माया गरेर दिएको सातु र खाजासंगै काटेको विशेष स्मरण योग्य छ । यता लालुबाट माल्कोट, रुप्सा, कुमालगाँउ, कोडबाडा हुँदै रास्कोट प्रबेश गरेको पश्चिम कालिकोटको टिम पनि यसैगरी अगाडी बढीरहेको थियो ।

    सामनाको टाइमका हिसाबले आधा महिना कालिकोट बसाई र १४ वटा कार्यक्रमको तयारीको समय +तालिकाअनुसार पूर्वी कालिकोटका केही गाबिस छुट्न पुगे । सामनाको पश्चिम प्रबेशकै दिन समय १ महिना थपिएको खबर प्रप्त हुँदा मान्ममा एकरात पुरै टोली सदरमुकामै बसी घुमघामसंगै पलाता खिन प्रबेश ग-यौ । दुईटा हिमपात ब्यवहोर्नु पर्दा पनि निकै उत्साहित ढंगले धौलागोह, नानीकोट हुँदै फुकोट पुग्यो। फुकोटमा दुबै टिमको केन्द्रिकरण भयो ।

    युवा, जबस र स्थानीय पार्टी गरेर सयौको संख्यामा अभियान टिम बन्यो र फुकोट डुँग्रीडाँडामा भब्य जनसभा पनि सम्पन्न भयो । निकै प्रतिकुल मौसममा पनि जनताले छाता ओढेर कार्यक्रमलाई नियालीरहे । त्यसपछि पुन: अभियान टिम सिप्खाना मुम्रा हुँदै माल्कोट पुग्यो । माल्कोटमा समग्र टिमको दुईदिन समीक्षा भयो । निकै उत्साहजनक ढंगले टिमलिडर हरुले रिर्पोट राख्नु भयो ।

    यसै क्रममा एकजना टिमलिडरले ‘कालिकोटलाई उत्तर कोरियाजस्तो सानो देश बनाएर पनि सत्ता चलाउन संभव छ’ भनी राखेको कुरा विशेष स्मरणयोग्य छ । त्यसैगरी एकजना कमरेडले देउडाबाटै प्रतिबन्धको व्यंग गर्दै भन्नुभयो – ‘प्रतिबन्ध धोती भयो – केपी लोती, एकमहिने सास्कृती यात्रा – भयो जनज्योती’ यो कुराले हल पुरै तालीले गुन्जायमान भएको थियो ।

    करिब ४५ वटा जनसभा र ३५/ ३६ हजार जनसमुदायको प्रत्यक्ष उपस्थिती, ६० हजार जनसमुदायमा अभियान पुगेको रिपोर्ट राख्दै सम्पुर्ण टिमले अभियान पुरै सफल भएको सस्लेषण ग-यो । हाम्रो साहित्य र राजनीति कसका लागि हो ? आँखिर बर्गका लागि नै त हो भन्ने कुरा अभियानले स्थापित गर्न सफल भयो । जनतामा केही आशंका अबिश्वास र चिन्ता रहेको तीनवटै प्रतिक्रिया भेटियो । ‘१० बर्षेजनयुद्दका लिडर समाजवाद हुँदै साम्यवाद ल्याउनका लागि निर्माण गरिएका जनसत्ता, जनअदालत र जनसेना प्रचण्डपथ हुदै माओवाद र चुनावचिन्हहरु समेत एमालेलाई बुझाएको घटना, सहिदको रगतमाथि होली खेलेको, शहिदहरुले बगाएको रगत अझै नसुकेको र जनयुद्द आजै जस्तो जनताले देखिरहेकोले माओवादी प्रतिबद्दता भुलेको छैन, त्यसैले अबिश्वास र आशंका गर्नुलाई सकारात्मक रुपमा लिनुपर्छ’ भन्ने निष्कर्ष रहयो ।

    छाप्रेको एक सहिद परिवार बुबाले भन्नुभएको देउडा समग्र जनबोली नै हो त्यसैले उल्लेख गर्न मन लाग्यो । देउडा – ”प्रचण्ड प्रचण्ड भन्या, एमालेउदा गया, तमी पन कसिदाछौ त्यस्तरै नभया” यो देउडा विशेष मननयोग्य छ । आजभोली गाउँ पुरै लुटेरा, जड्याहा, जुवाडे, व्यभिचारी, भ्रष्ट्राचारी र कमिसनखोरहरुको भएको छ। ईमान्दारहरु सबै चुपचाप छन । सायद यो माओवादीले चुनावको बेला दिएको सिंहदरवारको उपहार हो भनी व्यंग गर्नेहरुको कमी पाइएन ।

    यी तमाम बिषयमा जनतामा सायद पार्टी गठनदेखि हालसम्म छलफल गर्न सकिएको थिएन तर याे जनसांस्कृतीक निक्कै उपलब्धिमुलक रह्यो । समग्रमा भन्दा यो अभियानमा थुप्रै राष्टवादीहरुको ठूलो साथ रहयो । अभियान जारी रहँदा राष्टघातका सृखलाबद्द घटना र प्रतिरोधस्वरुप पार्टी केन्द्रले अगाडि बढाएका संघर्षका कार्यक्रमहरु सानदाररुपमा सम्पन्न गरियो ।

    यी सबै काम कारवाहीले कालिकोटको बर्गसंघर्ष नँया उचाईमा पुगेको छ । यसलाई निरन्ता दिनु र प्रभाबित जनसमुदायलाई सू -संगठित गर्नु अबको यो जिलाको चुनौती रहेको छ । अभियान अबधीभर पार्टी प्रबेश र डब्ल्यु टी (होल टाइमर अर्थात् पूर्णकालिन) भएकाको उचित ब्यबस्थापन गरेर पार्टीलाई जनतासंग जोड्न अझै बलियो बनाउन जबसलाई सक्रिय पार्नु र परिचालन गर्नु नितान्त आवश्यक छ । यसका लागि सामना सांस्कृतीक परिवारले जनसंगितमार्फत बस्तुगत स्थितीलाई अनुकुल बनाएको छ । पकड्न जरुरी छ र संभव छ । (लेखक रणदीप बिद्रोही नेपाल कम्युनिष्टका कालिकोट जिल्ला सेक्रेटरी हुन् ।)

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ