• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी फोटो-फिचर

    कसले फैलायो प्रकाण्ड गिरफ्तार परेको हल्ला, नेकपाबिरुद्ध किन गरिन्छ यस्तो प्रपोगण्डा ?

    11.7K
    SHARES

    समिर चन्द, काठमाडौं । मंगलबार साँझतिर एउटा हल्ला चल्यो, त्यो हल्ला थियो – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ गिरफ्तार परे ! केहि अनलाईनहरुले प्रकाण्ड गिरफ्तार परेको ब्रेकिङ नै दिन भ्याए । यता आन्तरिक सुचना भेरिफाइकाका लागि भन्दै सञ्चारकेन्द्रलाई आधा घन्टामा करिब ३५ कल भन्दा बढी विभिन्न मिडिया र मिडियाकर्मीका फोन आएका थिए ।

    हामीले हालसम्म उक्त कुरा हल्ला मात्र भएको जानकारी दिएपछि जुन सञ्चारमाध्यम सञ्चारकेन्द्रको सम्पर्कमा आएका थिए उनीहरुले समाचार प्रकाशन गरेनन् भने यता सूचना भेरिफाइका लागि हामीले नेकपाको उच्च नेतृत्वसंग सम्पर्क गरिरहेका थियौ । त्यसका साथै हामीले प्रबक्ता प्रकाण्डको मोबाइल नम्बर ९८५१२०३…. र ९८६९०८… मा पनि सम्पर्क गरिरहेका थियौ ।

    अघिल्लो नम्बरमा कल गर्दा हाललाई यो नम्बर बन्द गरिएको छ भन्ने नेपाल टेलिकमको आवाज मात्र सम्प्रेषण गरिएको थियो भने पछिल्लो नम्बरमा फोन लाग्यो । उक्त फोन उनको सचिवालयका एक सदस्यले उठाए । उनलाई प्रकाण्ड गिरफ्तार परेको हल्लाबारे कुरा सुनाउन नपाउदै उनले भनिहाले । “यो अफवाह ओली प्रचण्ड मण्डलीहरुले हामीलाई दमन गर्ने बाताबरण बनाउने र हाम्रा नेता कार्यकर्तालाई निरास बनाउने हतियारका रुपमा गरिएको एक सड्यन्त्र मात्र हो । उहाँ सुरक्षित हुनुहुन्छ ।”

    यति भइसकेपछि पनि हामीलाई अझैं शंका थियो कतै प्रहरीले घेराबन्दी गरेर समातिने निश्चित भएपछि समातिएको हल्ला गरेको हो कि भन्ने, त्यसैले हामीले पार्टीको अन्य सम्पर्क सुत्र पनि प्रयोग गर्यौ र प्रकाण्ड सुरक्षित भएको एकिन भयो । उसो त उता प्रहरीले पनि प्रकाण्ड गिरफ्तार परेको कुरा हल्ला मात्र भएको बताइसकेको थियो ।

    नेकपा प्रवक्ता प्रकाण्ड गिरफ्तार परेको हल्ला आएपछि संचारकेन्द्रले गरेको फ्याक्ट चेकमा सम्बन्धित पार्टीले आफ्ना प्रवक्ता गिरफ्तार परेको खबर निराधार र कपोकल्पित भएको बताइसकेको छ । ब्रेकिङ्ग समाचार भन्दै रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले संचालन गरेको रिपोर्टर्स नेपाल डटकमले प्रकाण्ड गिरफ्तार परेको हल्ला गरेको थियो । समाचार प्रकाशनको आधा घण्टापछि उक्त अनलाइनले समाचार गलत भएको भन्दै माफी मागेको थियो । तर विप्लव प्रकाण्ड गिरफ्तार पर्न लागेको आसयका समाचार प्रकाशन गर्दै हल्ला गर्न भने उसले रोकेको छैन ।

    बुधबार बिहानै पनि उक्त अनलाइनले “विप्लवलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी सक्रिय” शिर्षकमा अर्को समाचार प्रकाशित गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याललाई कोर्ड गर्दै उक्त अनलाइनले प्रहरीको इन्टेलिजेन्सलाई प्रधानमन्त्रीले विप्लव समात्न खटाएको समाचार प्रकाशन गरेको छ । यता नेकापाका एक केन्द्रीय सदस्यले सञ्चारकेन्द्रसंग कुरा गर्दै केही सञ्चार मध्यमहरुले नेकपा बिरुद्ध योजनाबद्ध सरकारी नीति अनुसार नै भ्रामक समाचार प्रकाशन गर्ने मिडिया वार सुरु गरेको बताएका छन् ।

    नेकपाका नेता कार्यकर्ताबिरुद्ध किन गरिन्छ यस्तो हल्ला ?- बिद्रोही राजनीतिक पार्टीका नेता कार्यकर्ता गिरफ्तार गरिएको, मारिएको हल्ला गर्ने चलन नयाँ हैन, जनयुद्ध कालमा पनि कहिले प्रचण्ड त कहिले बाबुरामलगायतका उच्च तहकै नेताहरु दोहोरो भिडन्तमा मारिएको तथा समातिएको जस्ता हल्ला तत्कालिन सरकारी पक्ष र सरकारी सञ्चारमाध्यमले फैलाउदै आएका थिए। सरकारी पक्षले बिद्रोही शक्तिको प्रभाबलाई कमजोर बनाउन पनि यस्तो प्रोपगाण्डा मच्चाउने गरेका छन् । मंगलबारको समाचार बाहिर आउनुमा पनि यसै गरि सत्तारुढ नेकपाका केही नेताहरुले फैलाएको हल्लाले काम गरेको हुनसक्छ ।

    सञ्चारकेन्द्रलाई आएका केही फोन कलामा पनि त्यसै भनिएको थियो । “सत्तारुढ नेकपाका ठुलै नेताले भनेका हुन् प्रकाण्ड समातिएको साचो हो रे समाचार लेख्दा हुन्छ ।” तर ब्रेकिङ्ग दिने होडमा गलत समाचार सम्प्रेषण हुने र त्यसले समाजमा नकारात्मक असर गर्नुका साथै अनलाइन मिडियाप्रति पाठकको विश्वास गुम्ने गरेकोकुरामा हामी सचेत थियौ । हल्लाकोपछि लाग्नुभन्दा पनि समाचार भेरिफाइ गर्न तिर लाग्यौं । समाचार पुष्टी नभएपछि हामीले प्रकाशन गरेनौं ।

    त्यसो त गत चैतमा नेकपाका तत्कालिन स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ गिरफ्तार पर्नुभन्दा अघिल्लो दिन पनि यसरी नै हल्ला गरिएको थियो । पछि उक्त कुरा हल्ला मात्रै भएको समाचार बाहिरियो तर त्यसको भोलिपल्ट पुनः सुदर्शन गिरफ्तार परेको पुष्टी भएको थियो । यसरी प्रहरी नजिकै पुगेर समात्ने कुरा ग्यारेन्टी भइसकेपछि हल्ला गर्ने र नियन्त्रणमा लिने गरेको उदाहरण पनि छन् । त्यसैले अहिले पनि प्रकाण्ड विप्लव लगायतका नेताहरुलाई समात्न प्रहरी परिचालन गरिएको र नजिक-नजिक पुगेको, तत्काल समितिने सम्भावना रहेको जस्ता हल्ला सत्तारुढ नेकपाका नेताहरुले चिया गफमा गर्ने गरेका नै छन् ।

    अर्को कुरा यस्तो हल्ला गर्दा बिद्रोही नेकपाकै नेता कार्यकर्ता कसैले विप्लव, प्रकाण्ड फलानो एरिया तिर छन् कहा त्यसरी गिरफ्तार पर्नु भनेर कतै फ्याट्ट कुरा फुत्काइहाल्छन कि भन्ने हेतुले पनि यस्तो प्रपोकाण्डा मच्चाइएको हुन पनि सक्छ । भने अर्को तिर हाइ कमाण्डकै नेताहरुको वरिपरी प्रहरी पुगिसकेको रैछ भने हामीलाई के छोड्ला भनेर जिल्ला स्तरका नेता कार्यकर्ताको मनस्थिति कम्जोर होस् भनेर पनि यो हल्ला गरिएको हुनसक्छ ।

    पछिल्लोपटक स्थानीय तहदेखि केन्द्रसम्मका सरकारी निकायसंग जनता असन्तुष्ट भइरहेका छन् भने विप्लव नेतृत्वको नेकपाप्रति आकर्षण बढ्दो छ । उक्त आकर्षणलाई रोक्न सत्तारुढ नेकपाका नेता कार्यकर्ताले सुराकी गर्नेदेखि प्रहरी परिचालन गरेर सकेसम्मको दमन धरपकड गर्ने रणनीति अपनाई रहेकै छन् । त्यहि दमन रणनीतिकै एउटा शृंखलाका रुपमा प्रकाण्ड गिरफ्तार परेको हल्ला प्रकरणलाई लिन सकिन्छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ