• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    ज्योतिष विज्ञान

    यी राशि हुने प्रेमी-प्रेमिका कहिले पनि छुट्नु पर्दैन, तपाई पनि थाहा पाइराख्नुहोस्

    28.5K
    SHARES

    ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका प्रेमी प्रेमिका कहिले पनि छुट्दैनन् । उनीहरूको सम्बन्छ एकदमै बलियो हुन्छ । शास्त्रका अनुसार नै १२ राशि रहेका हुन्छन् । ती राशि अनुसार मानिसको स्वभाव आचरण फरक रहेको हुन्छ । ज्योतिष शास्त्रका अनुसार मानिसहरूको प्रेम सम्बन्छ पनि फरक फरक हुने कुरा ज्योतिषहरू बताउँछन् । त्यस कारणले कुन कुन राशिका व्यक्तिहरूको प्रेम सम्बन्ध बलियो हुन्छ त? हेर्नुहोस् उक्त राशिफलहरूः

    मिथुन र तुला : मिथुन राशी र तुला राशीको प्रेम सम्बन्ध निकै राम्रो रहेको छ । यी दुई राशी भएकाहरुको शारिरिक वा मानसिक दुवै रुपले मिल्ने हुन्छन्।सिंह र तुला : यी दुई राशी भएका व्यक्तिहरु पनि सामाजिक रुपमा निकेै मन पराइन्छ। समाजमा आकर्षक भएर प्रस्तुत हुने हुँदा यो जोडीलाई सबैले आकर्षकको केन्द्र बनाएको हुन्छन्।

    मेष र कुम्भ : हरेक समय एक अर्कालाई साथ दिने भएकाले यी दुई राशी भएका व्यक्तिहरु एक अर्काप्रति आकर्षक हुने गर्छन्।. वृष र वृश्चिक : एक अर्कालाई सम्मान गर्ने भएकाले यी दुई राशी भएका व्यक्तिहरु नेतृत्वको विषयमा कहिल्यै झगडा गर्दैनन्।. वृष र कन्या : यी राशी भएका व्यक्तिहरु एक अर्कालाई बुझ्ने र बुझाउन सक्ने भएकाले निकै राम्रो मानिएको छ। उनीहरुले घर परिवारमा स्थिरता आवश्यक हुने गर्छ।

    सिंह र धनु : एक अर्काको बिचमा आत्माविश्वास बढी रहेकाले दुवैले सक्दो सहयोग गर्ने गर्छन्। कन्या र मकर : यी दुई राशी भएको व्यक्तिहरु आफ्नो सम्बन्धमा इमान्दार हुने गर्छन्। एक अपसमा कहिल्यै झुट नबोल्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ।
    मिथुन र कुम्भ : जीवनभरी हरेक उतारचढावलाई आपसको समझदारीमा पार गर्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ।

    यी ४ राशिका महिला विवाह पछि श्रीमानको घरमा राज गर्छन् । जानिराख्नुहोस्
    शास्त्रका अनुसार यी राशि भएका महिलाहरूले आफ्नो श्रीमानको खासै कुरा नसुन्ने आफ्नै मर्जी चलाउने, दाम, साम, दण्डभेदको समेत प्रयोग गर्ने गर्छन् । घर परिवारमा हुने हरेक प्रकारको निर्णयमा पनि आफ्नै राज गर्ने अरूको कुरा नसुन्ने र देखावटी गर्न मन पार्ने भएका कारण यस राशि भएका महिलाहरू अरूलाई देखाउनको लागि भएता पनि काम भने गर्ने गर्दछन् । नेतृत्व भूमिका निभाउने खुबी हुने गर्दछ भने परिवारमा हुने हरेक कार्यमा समेत अगाडी हुने भएका कारण परिवारमा यस राशि भएका बुहारीहरूले राज गर्ने गर्छन् ।

    कन्या राशि : यो राशी भएका महिलाहरुमा श्रीमानलाई सजिलै काबुमा राख्ने क्षमता हुन्छ । यी राशी भएका महिलाहरु आफ्नो कर्मघरमा आफ्नो उपस्थिति बलियो रुपमा प्रस्तुत गर्ने गर्छन । आफ्नो पतिलाई नियन्त्रणमा राख्नको लागि साम, दाम,दण्ड, भेदको समेत प्रयोग गर्न पछि पर्दैनन् । यस राशिका महिलाहरु आफ्नो कर्मघरलाई स्वर्ग बनाउन हर सम्भव प्रयत्न गरिरहन्छन्।

    वृश्चिक राशी : यो राशी भएका महिलाहरु अफ्ठ्यारो परिस्थतिमा रुष्ट रहेका व्यक्तिलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका हुन्छन् । यस राशिका महिलाहरु आफ्नो पतिलाई पनि आफ्नो नियन्त्रणमा राख्ने गर्छन् । पतिको कुरा सुन्दै परिवारमा राज गर्ने यस राशिका महिलाहरु आफ्नो कुरा राख्न अलिकति पनि डराउदैनन् । परिवारको हरेक कार्यमा आफै हावी हुने आदत यिनीहरुमा हुन्छ ।

    कर्कट राशि : यो राशी भएका महिलाहरु जिद्दी हुन्छन् । साथै अरुलाई सहजै मनाउन सक्ने खुबी यिनीहरुमा हुन्छ । घर परिवारमा हुने हरेक कार्यको निर्णयमा आफ्नै प्रभाव जमाउने खालका हुन्छन् । श्रीमानलाई मनाउन यिनलाई कुनै कठिनाई हुँदैन । कर्कट राशि भएका बुहारीले घरमा राजनै गर्छन् ।

    सिंह राशि : यो राशी हुने महिला व्यवहारमा अत्याधिक जिद्दी मानिने र आफ्नो पतिलाई जिद्दीलेनै नियन्त्रणमा राख्न सक्षम हुने गर्छन । कर्मघरमा हुने हरेक कार्यमा आफ्नो संलग्नता कायम राख्न खप्पिस हुनाले आफ्नो कर्मघरमै राज नै गर्ने गर्छन् । यस राशिका महिलाहरुसँग हरेक परिस्थितिमा आफ्नै तरिकाले समस्याको समाधान गर्ने खुबी हुन्छ ।

    एक अटुट विश्वास र प्रेमले भरिपूर्ण जीवन कसको पो चाहना हुँदैन होला र ? तर के मानिसले साचेजस्तै सम्बन्ध हासिल भइरहको होला त ? पक्कै पनि छैन । आफ्नो क्षेत्रमा निकै सफल र नाम, पद, प्रतिष्ठा र ईज्जत कमाएका भनिएकाहरुको पनि दाम्पत्य जीवन नारकीय रहेको समाचारहरु आईरहेको छन् । अक्सर केवल एक अर्काबीचको अविश्वास मात्रै सम्बन्ध विग्रने प्रमुख कारणको रुपमा लिइएको थियो । तर अविश्वाससम्म पुग्नु शंका पैदा हुने केही यस्ता कारणहरु छन् जसले गर्दा एक अर्काबीचकाे भरोसामा प्रश्न खडा हुने गर्दछ । जसको अन्तिम विन्दु अन्तत तिक्ततापूर्ण विछोड हुने गर्दछ ।

    गुडम्यान प्रोजेक्टमा प्रकाशित यस्ता तीन विश्वासघातका लक्षण निम्त्याउने निम्न छन् । यदि यस्ता केही लक्षण आफ्नो जीवनसाथीमा भेट्नुहुन्छ भने कि सचेत हुनुहोस् कि सुध्रनुहोस् वा सुध्रन प्रेरित गर्नुहोस् । किनकी जसरी शरीरमा गहिरो चोट सदैव रहन्छ तसर्थ घाउले ठूलो रुप नलिँदै उपचार गर्नु एकदम श्रेयष्कर हुन्छ ।

    १. भावनात्मक छलकपट : अक्सर सम्बन्धमा यदि पार्टनरले आफ्नो सामान्य साथीको बारेमा भन्ने गर्छन् वा नभने पनि त्यो महसुस गर्न सकिएला । तर यदि अरु कोहीसँगको देखाउने सम्बन्ध साथी तथा भित्री फन्डा चाँहि साथी भन्दा माथि छ भने त्यो लुकाउने गर्छन् । यसो हो भने केही न केही खराबी छ भन्ने बुज्नु राम्रो हुनेछ । जस्तै, यहाँनेर यस्ता ५ प्रश्नहरु प्रस्तुत गरिएका छन् कि तपाइको पार्टनरको अरु कोहीसँगको मित्रता सामान्य मित्रता हो कि होइन पत्ता लगाउनुस् ।

    १.के त्यो मित्रता एकअर्कामा लुकाइएको छ ? के तपाइले त्यो मित्रताको बारेमा सोध्दा के “चिन्ता नगर” वा केही निराशाजन्य जवाफ आउँछ ?  त्यो मित्रतालाई अन्त्य गर्नु भन्दा “नो” भन्ने जवाफ आउँछ ? के तपाइबाट सम्भावित शंका निवारण गर्न सीमाहरुलाई बन्देज गर्न खोजिएको छ ?  तपाइहरुकाबीचमा केही खटपट हुँदा उक्त तेस्रो मानिससँग त्यो कुरा पुगेर विभिन्न टिका टिप्पणी हुने गर्छ ? यदि यी उल्लेखित प्रश्नहरुको जवाफ सकारात्मक आउँछ भने तपाईको पार्टनरको अरु कोहीसँग सामान्य साथीको मात्र नभएर कुनै अन्तरङ्ग सम्बन्ध रहेको हुन सक्छ ।

    २. सशर्त प्रेम : त्यस्तै अर्काे लक्षण जसले सम्बन्धलाई दरार बनाइरहेको हुन सक्छ, त्यो हो स्वार्थगत अथवा सशर्त प्रेम । यदि तपाइको प्रेमी वा पार्टनर केवल केही प्राप्तिको आशाले मात्रै जोडिएको छ, वा खुशी छ भने त्यो वास्तवमा तपाइको प्रभावले होइन बल कि तपाइद्धारा तत्कालीन स्वार्थ पुर्ति गर्न हुनसक्छ जुन कुराले चिरस्थायी सम्बन्धको जग भत्काउने कार्य गर्छ । अब कसरी निशर्त प्रेम स्थापित गर्न सकिन्छ त ? खुलेर कुनै पनि समस्याको बारेमा कुरा गर्नुस् । नियमित कुराकानीले प्रेममा ताजापन ल्याउँछ भने समस्याको समाधानको उपायहरु दिने गर्दछ । तर यो सबै त्यतिखेर हो जतिखेर दुवै पार्टनर एकअर्कालाई गुमाउन चाहँदैनन् ।

    ३. भावनात्मक साथको कमी : एक प्रतिबद्ध सम्बन्धमा आवश्यक परेको बेलामा एकअर्कालाई सदैव भावनात्मक साथको खाँचो रहेको हुन्छ । पछिल्लो अनुसन्धानले खुशी तथा विशेष अवसरमा साथमा रहेर आफ्ना प्रेमील समय बिताउने ८६ प्रतिशत जोडीहरु एक अर्काप्रति गुणात्मक समय दिएर समर्पित हुन्छन् । भने समस्याग्रस्त जोडीहरुले केवल ३३ प्रतिशत समय एकअर्कामा भावनात्मक रुपमा बिताउने गर्छन् ।

    यी सबै समस्याहरुबाट छुट्कारा पाएर कसरी जोडीहरुबीच अर्थपूर्ण र समुधर सम्बन्ध स्थापित गर्न सकिन्छ त ?
    सर्वप्रथम यदि समस्याको चुरो कुरो पत्ता लगाउने । एक अर्कामा सांस्कृतिक लगायत कार्यक्रमहरुबाट सामिप्यता बढाउन कोसिस गर्नुस् ।
    एकअर्कामा इमानदार हुनुस् । यदि यो सबै कार्यले पनि समस्या समाधान भएन भने अझै तपाइमै समस्या होला वा तपाइको पार्टनरमा खोज्नुस् र उचित समाधानतर्फ लाग्नुस् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ