• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    ज्योतिष विज्ञान धर्म संस्कार

    इतिहासकै दुर्लभ क्षण खण्डग्रास सूर्यग्रहण, आज १२ बजेपछि फेरिदैछ यी ४ राशिको भाग्य

    42K
    SHARES

    काठमाडौं । आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

    समितिका सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोले यसलाई बार्नुपर्ने आवश्यकता छैन । जेठ महिनाको अमावश्यमा हुन लागेको सूर्यग्रहण यो वर्षको पहिलो सूर्यग्रहण हो ।

    नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म लाग्ने यो सूर्यग्रहण नेपालको कुनैपनि हिस्साबाट नदेखिने ढुंगेलले जानकारी दिए ।

    ग्रहणको समयमा सूर्यमा कुण्डलाकार आकृति देखिनेछ । जसलाई पश्चिमाहरुले रिङ अफ फायर भन्ने गर्छन् । सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा कुण्डलाकार सौर्यग्रहण लाग्छ । सामान्यतया, यो खगोलीय घटना सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएको कारणले हुन्छ र केही समयको लागि कुनै खास क्षेत्रमा अन्धकार हुन्छ ।

    मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।

    बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला । भौतिक साधनको प्रयोगमा बिशेष ध्यान दिनु राम्रो रहनेछ । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।

    मीथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह तपाईंको धेरै भरोसा र सजिलो काम गर्ने समयले तपाईंलाई आज आराम गर्नको लागि पर्याप्त समय दिएको छ। अचानक धनको लाभ हुनाले तपाईंको बिल र तत्काल खर्च पूरा गर्नेछ। पारिवारिक जिम्मेवारीहरू बढ्नेछन् ( जसले तपाईंको मनमा तनाउ ल्याउनेछ। तपाईं साँझ साथीहरूसँग बाहिर जानुभयो भने तत्काल रोमान्स आउन सक्छ। आज आफ्नो जोडीले तपाईंलाई स्वर्ग पृथ्वीमा नै छ भन्ने महसुस गराउने छन्।

    कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो साजेदारी कार्यमा बिशेष सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ ।

    सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । खानपानमा रुचि जाग्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ ।

    कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ । खानपानको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

    तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते आज तपाईं ऊर्जावान हुनु हुनेछ, तपाईंले जे गर्नुहुन्छ, त्यो तपाईंले साधारण रूपमा गर्ने भन्दा आधी समयमा गर्न सक्षम हुनुहुनेछ। सदस्यहरुसँगको सामाजिक भेटघाटले सबैलाई राम्रो मुडमा राख्नेछ। तपाईँले कति सुन्दर काम गर्नुभएको छ भन्ने देखाउन आज तपाईंको प्रेम फूल्नेछ।

    तपाईंको नयाँ योजना र उद्यमको बारेमा भागीदारहरू उत्साहित हुनेछन्। तपाईंलाईले आफ्नो जोडीसित पुराना रमाइला रोमान्टिक दिनहरूको आज फेरि कदर गर्नु हुनेछ।

    बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ ।

    ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सबारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ ।

    धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाई हरु टाडिएको अनुभव हुन सक्ला ।

    मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि तपाईंको मनले राम्रा कुराहरू सुन्नेछ। नातिनातिनाहरू खुशी गराउने राम्रा स्रोत हुनेछन्। तपाईंका आँसु कुनै विशेष मित्रले पुछिदिन सक्छ।

    आज तपाईंको मनमा आएका नयाँ पैसा बनाउने विचारको फाइदा लिनुहोस्। तपाईंले आफ्नो सम्पत्तिमा लापरवाह गर्नुभयो भने हानि वा चोरी हुन सक्छ। आज, तपाईं फेरि आफ्नो जोडीसँग प्रेममा पर्नु हुनेछ।

    कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन ।

    तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

    मिन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ । तात्कालिन आर्थीक अभाबको सामना गर्नुपर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ