• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    वार्ताको हल्ला चलिरहेको बेला सरकारलाई नेकपाको झट्का, मध्यपश्चीम कमाण्डले लियो यस्तो निर्णय

    21.3K
    SHARES



    काठमाडौं । वार्ताको हल्ला चलिरहेको बेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारी गाडी सडकमा गुड्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मध्य पश्चिम कमाण्डले सरकारी गाडी गुड्‍न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति जारी गरेर साउन ७ गतेदेखि सेतो नम्बर प्लेट (सरकारी) सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ”हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको वैज्ञानिक कार्यदिशाको सफल कार्यान्वयनका साथ अगाडि बढिरहेको छ । यस प्रक्रियामा प्रतिक्रियावादी सत्ता र जनसत्ता बीचको मोर्चाबन्दी झन् कसिलो बन्दै गइरहेको छ । राजनीतिक लडाइँको मोर्चामा हारेको विरोधी सत्ताले हाम्रा नेता कार्यकर्ताहरुलाई गैरन्यायिक गिरफ्तारी, दमन, यातना तथा हत्यासम्मका घटनाहरु घटाएको छ । यसरी हत्या आतङ्क, गिरफ्तारी, दमन र बलात्कारसम्मले पनि आन्दोलनलाई ठेगान लगाउन नसकेपछि बार्ताको भ्रमपूर्ण बकवास गोयबल्स शैलीमा फैलाएको छ र थप दमनको तयारी गरिरहेको छ” विरजंगले विज्ञप्तिमा भनिएको छ ।

    जनताबाट कर असुल्ने, जनप्रतिनिधि नै ठेक्कापट्टामा लागेको आफ्नै टिप्पर, ट्रक, ट्याक्टर र स्काभेटर प्रयोग गरेर राज्यको सम्पति दोहन गरेको भन्दै विज्ञप्तिमा सररकारी गाडीलाई प्रतिबन्ध लगाइएको बताइएको छ । कतिपय कथिन जनप्रतिनिधिहरु नै जनहत्यारा अभियानमा सुराकीको भूमिका खेलिरहेको भन्दै आगामी दिनमा ती सबै हर्कतहरु बन्द गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखि यातना दिने तथा शान्तिपूर्ण भेला सम्मेलनहरु गर्न नदिने राज्यको कदमका विरुद्ध आगामी २०७६ साउन ७ गतेदेखि सेतो नम्बर प्लेटका सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध गरिएको बताइएको छ ।

    इन्चार्ज विरजंगले विज्ञप्तिमा भनेका छन्, ”यता जनताको गाउँ–गाउँमा सिंहदरवारको नारामा गठित कथित सरकारद्वारा चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान संचालन गरेर जनपक्षीय आवाजहरुलाई बन्द गर्ने, उता कथित जनप्रतिनिधिहरु नै ठेक्का पट्टामा सामेल हुने, आफ्नै टिप्पर, ट्रक, ट्याक्टर र स्काभेटर प्रयोग गर्दै राज्यको सम्पत्ति दोहन गरिरहेका छन् । साथै कतिपय कथिन जनप्रतिनिधिहरु नै जनहत्यारा अभियानमा सुराकीको भूमिका खेलिरहेको हुनाले हाम्रो पार्टीले आगामी दिनमा ती सबै हर्कतहरु बन्द गर्ने निर्णय गरेको छ । मुक्तिकामी श्रमजीवी जनताको पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखि यातना दिने तथा शान्तिपूर्ण भेला सम्मेलनहरु गर्न नदिने राज्यको कदमका विरुद्ध आगामी २०७६ साउन ७ गतेदेखि सेतो नम्बर प्लेटका सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध गरिएको छ । उक्त निर्णयका विरुद्ध जनविरोधी कार्य गरे र गराएमा जनताले नियन्त्रणमा लिई कारवाही चलाउने कुरा जानकारी गराउँदै पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु सोही निर्णय अनुसार अगाडी बढ्नसमेत यो वक्तव्य मार्फत् जानकारी गराउँदछौं ।”

    यस्तै नेकपाले अरबौ करछली गर्दै आएको एनसेलबिरुद्धको ‘नो ट्याक्स, नो एनसेल’ अभियानलाई शशक्तरुपमा अगाडि बढाएको छ । बुधबार मात्रै नेकपा सेती- महाकाली ब्युरोले सुदूरपश्चिमका ९ वटै जिल्लामा एनसेलका रिचार्ज कार्ड र सीम कार्ड जलाएको छ । साथै राज्यलाई अरबौं कर नतिर्ने र उपभाेक्तालाई ठग्ने एनसेल बहिस्कार गर्न र सीम प्रयोग नगर्न पनि नेकपाले आम जनतालाई अपिल पनि गरेको छ ।

    बुधबार नेकपाले सुदूरपश्चिमका कैलाली र कंचनपुरसहित डडेलधुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ र बाजुरामा एक साथ सीमकार्ड र रिचार्ज कार्ड जलाएकाे छ । त्यस्तै एनसेल सीम र रिचार्ज कार्ड बिक्रेताहरुलाई पनि बिक्रि नगर्न आग्रह गरेको छ ।  कंचनपुरको भीमदत्त नगरपालिका सहित सबै नगर र गाउँपालिका, कैलाली धनगढीसहित अन्य नगर र गाउँपालिका, अछामको मंगलसेनसहित जिल्लाभर, त्यस्तै बझाङको चैनपुरमा एनसेलबिरुद्ध पर्चा पम्पलेट वितरण गर्ने, सीमकार्ड, रिचार्ज कार्ड जलाउने र एनसेल बहिस्कार अभियानमा सहभागी हुन नागरिकहरुलाई आव्हान समेत गरेर प्रदर्शन गरिएको नेकपा सेती-महाकाली ब्युरो कार्यालय सचिव डबल शाहले चारकेन्द्रलाई बताए ।

    नेकपाले यो अभियानलाई अझै शशक्त तरिकाले अगाडि बढाउने जनाएको छ । यसअघि पनि देशका बिभिन्न ठाउँमा एनसेलको करछलीबिरुद्ध प्रदर्शन, बिस्फोट र आगजनी समेत भइसकेको छ । गत असार २३ गते मात्रै नेकपा सेती-महाकाली ब्युरो इन्चार्ज निर्माणले अरबौ करछली गर्दै आएको एनसेलबिरुद्धको ‘नो ट्याक्स, नो एनसेल’ अभियानलाई शशक्तरुपमा अगाडि बढाउने र त्यस अभियानमा साथ दिन जनतालाई अपिल गर्नेनिर्णय गरेको बताएका थिए । कर तिर्न अटेरी गरेको भन्दै नेकपाले गत फागुनमा एनसेल मुख्यालयमै बम बिस्फोट गराएको थियो ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ