• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    भोजपुर घटनाबारे नेकपाको आधिकारिक धारणा बाहिरियो, हेर्नुहोस विज्ञप्तिसहित

    77.6K
    SHARES



    काठमाडौं । बुधबार भोजपुरमा घटेको अप्रिय घटनाबारे नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक धारणा बाहिएरिएको छ । बुधबार भोजपुरमा एक जना आफ्नो पार्टीका नेता र एकजना सादा पोशाकको प्रहरीसहित दुई जनाको मृत्युको हुने गरी घटेको घटनाको जिम्मेवार प्रहरी नै रहेको बताएको छ । नेकपा सगरमाथा व्युरो इन्चार्ज अधिकारले बिहिबार एक विज्ञप्ति जारी गर्दै मृतक सञ्जीव राईको टोली नै तिर्थ घिमिरे हत्याको जिम्मेवार भएको आरोप लगाएका छन् । व्युरो इन्चार्ज अधिकारले ‘कमरेड तिर्थका हत्यारासँग जम्काभेट हुँदा प्रतिरोध गर्ने क्रममा कमरेड निरकुमार राई ‘प्रशान्त’को सहादत भएको’ विज्ञप्तिमा उल्लेख गरेका छन् । सुरक्षाकर्मीमाथि आक्रमण नगर्ने पार्टी नीति रहेको र पार्टीको त्यही सदासयतालाई सरकारले दुरुपयोग गरेर देशलाई भिडन्ततिर धकेलिरहेको आरोपसमेत लगाएका छन् ।

    इन्चार्ज अधिकारले विज्ञप्तिमा भनेका छन्, ‘यतिबेला सामाजिक फासिवादी जन हत्यारो केपी–पिके सरकार एकपछि अर्को गर्दै नागरिक हत्यामा उत्रिएको छ । भोजपुरका कमरेड तिर्थराज घिमिरेलाई गत जेठ ७ गते भोजपुर टेम्के मयुम गाउँपालिका वार्ड नं. २ दलसिंगेस्थित बाटो हिडिरहेका बेला गिरफ्तार गरी चरम यातना दिई हत्या गर्ने मध्यका मुख्य हत्यारो प्रहरी संजिव राई र उनको टोलीसँग असार २५ गते हाम्रो पार्टी सगरमाथा ब्युरो सदस्य एवंम् ओखलढुङ्गा जिल्ला समितिका सेक्रेटरी कमरेड निरकुमार राई ‘प्रशान्त’ भोजपुर सदरमुकाममा रहेका आफ्नो परिवारसँग भेटघाट सकेर फर्कने क्रममा जम्काभेट हुँदा कमरेड तिर्थराजका हत्यारा प्रहरी संजिव राइको प्रतिरोध गर्ने क्रममा पार्टीका होनहार कमरेड प्रशान्तको शाहदत भएको छ ।’ षडानन्द नगरपालिका वार्ड नं. १३ गोया घर भई ओखलढुङ्गामा कार्यरत नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरो सदस्य एवंम् ओखलढुङ्गा जिल्ला सेक्रेटरी नीरकुमार राई ‘प्रशान्त’ एक इमान्दार, जुझारु, जनप्रिय र क्रान्तिप्रति बफादार नेता भनेको विज्ञप्तिमा उल्लेख छ ।

    उनको शाहदतले आफ्नो पार्टीलाई अपुरणिय क्षति पुगेको भन्दै इन्चार्ज अधिकारले नीरकुमारको बलिदानले दलाल पुँजीवादी सत्ताको अवशानलाई अझ नजिक बनाउने काम गरेको बताएका छन् । त्यस्तै उक्त बलिदानले वैज्ञानिक समाजवादी सत्ता स्थापनाको निम्ति सिङ्गो आन्दोलनलाई थप प्रतिबद्ध बनाएको बताउदै उनले नीरकुमारप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । विज्ञप्तिमा अधिकारले अगाडि भनेका छन्, ‘षडानन्द नगरपालिका वार्ड नं. १३ गोया घर भई ओखलढुङ्गामा कार्यरत हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरो सदस्य एवंम् ओखलढुङ्गा जिल्ला समितिका सेक्रेटरी नीरकुमार राई ‘प्रशान्त’ एक इमान्दार, जुझारु, जनप्रिय र क्रान्तिप्रति बफादार नेता हुनुहुन्थ्यो । उहाको शाहदतले हाम्रो पार्टीलाई अपुरणिय क्षति पुगेको छ । उहाको बलिदानले दलाल पुँजीवादी सत्ताको अवशानलाई अझ नजिक बनाउने काम गरेको छ भने वैज्ञानिक समाजवादी सत्ता स्थापनाको निम्ति सिङ्गो आन्दोलनलाई थप प्रतिबद्ध बनाएको छ । हाम्रो पार्टी उहाँप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।’

    अहिलेको स्थितिमा नीरकुमारको परिवारजन, पार्टी पंक्तिका सम्पूर्ण सदस्यहरुलाई शोकलाई शक्तिमा बदल्न र बदलाभावका साथ मैदानमा खट्न आग्रह समेत नेकपाले गरेको छ । देश र जनताको निम्ति निरन्तर संघर्षमा डटिरहेका प्रशान्तलाई नेकपाले महान् सहिद घोसणा गर्दै उनको सपना खेर जान नदिने प्रण समेत गरेको छ । विज्ञप्तिको अन्त्यमा उनले भनेका छन्, ‘यस स्थितिमा हाम्रो पार्टी उंहाको परिवारजन, पार्टी पंक्तिका सम्पूर्ण कमरेडहरुलाई शोकलाई शक्तिमा बदल्न र बदलाभावकासाथ मैदानमा खट्न आग्रह गर्दछ । देश र जनताको निम्ति निरन्तर संघर्षमा डटिरहनु भएका कमरेड प्रशान्तलाई महान् सहिद घोसणा गर्दै उंहाको सपना खेर जान नदिने प्रण गर्दछौं ।’ नेकपा नेता नीरकुमार र प्रहरी जवान सञ्जीवको बुधबार भोजपुर सदरमुकाममा गोली लागि ज्यान गएको थियो ।

    को हुन् मारिएका सञ्जीव र नीरकुमार ?
    मारिने मध्येका एक सञ्जीव नेपाल प्रहरीका ‘घुमुवा’ थिए भने नीरकुमार प्रतिबन्धित नेकपाका ओखलढुंगा सेक्रेटरी थिए । नीरकुमार भोजपुरकै षडानन्द नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् । ‘पार्टी’ले ओलढुंगा सेक्रेटरीको जिम्मेवारी तोकेपछि उनी भोजपुर आउजाउ गरिरहन्थे । नीरकुमारका एक ७ बर्षीय छोरा छन् । उनकी श्रीमती इन्द्रकला भोजपुर सदरमुकाममै बस्दै आएकी छिन । १० वर्षे सशस्त्र द्वन्द्वका बेला नीरकुमार माओवादीको भाइस कमान्डरसम्म बनेका थिए । शान्तिप्रकृयामा आएर एकीकृत नेकपा माओवादी बनेपछि उनी किराँत राज्य समिति सदस्य बनेका थिए । एमाओवादीबाट वैद्य अलगिएपछि उनी त्यसतर्फ लागेका थिए । वैद्यबाट विप्लव अलगिदा उनले विप्लवलाई साथ दिए ।

    को हुन् सञ्जीव ?
    खोटाङ स्थायी घर भएका सञ्जीवको दरबन्दी इलाका प्रहरी कार्यालय लेटाङ, मोरङमा छ । तर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको केही अगाडि उनको जिल्ला प्रहरी कार्यालय भोजपुरमा सरुवा भएको थियो । केही वर्ष अगाडि विवाह गरेका सञ्जीवकी एक छोरी पनि छन् । गत वैशाखसम्म उनकी श्रीमती पनि भोजपुरमै बस्थिन् । तर, छोरीको पढाइका लागि भन्दै उनले श्रीमतीलाई धरान पठाएका थिए । उनले संघीय सांसद तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता सुदन किराँतीको सुरक्षागार्डको रुपमा समेत काम गरेका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ