• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    विधान संशोधन गरेर कांग्रेसले बनायो २९७ सदस्यीय केन्द्रीय कार्यसमिति

    214
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले विधान संशोधन गरेर केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ । गत पुसमा सम्पन्न विशेष महाधिवेशनले १६७ सदस्यीय केन्द्रीय कार्यसमितिको सङ्ख्या बढाएर २३२ सदस्यीय बनाएको थियो ।

    त्यो अहिले विधान संशोधन गरेर २९७ सदस्यीय बनाइएको हो । पदाधिकारी र केन्द्रीय सदस्यहरूको सङ्ख्या बढाएर २९७ सदस्यीय बनाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

    १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन साेमबार खुलामञ्चमा भइरहेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान पारित गर्दै केन्द्रीय कार्यसमितिको सङ्ख्या बढाएको हो ।

    प्रवक्ता चालिसेले मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ ।

    त्यस्तै महामन्त्री ३ जना रहने छन् । जसमा एक जना महिला अनिवार्य गरिएको छ । त्यस्तै सहमहामन्त्रीमा १५ जना रहने छन् । कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट एक जना हुनेछन् ।

    प्रवक्ता एक जना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन् । केन्द्रीय सदस्यहरूमा खुलामा ४५ जना रहने छन्। महिला खुलामा १५ जना हुनेछन् । हरेक प्रदेशबाट एक महिलासहित चार जना हुनेछन्।

    साथै उपत्यकाबाट एक महिलासहित दुई जना अनिवार्य गरिएको छ । त्यस्तै दलिततर्फ पाँच महिला र एक मधेसीसहित १४ जना रहने छन्। जनजातितर्फ ८ महिलासहित २० जना हुनेछन् भने खस आर्यबार्ट ८ महिलासहित १८ जना हुनेछन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ