• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित

    304
    SHARES



    काठमाडौं । संवेदनशील सूचना चुहावट गरेको भन्दै सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ ।

    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै निजामती तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण प्रचलित काम नगरेको भनी निलम्बन गरिएको उल्लेख गरेका छन् ।

    दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरीले कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरेको थियो ।

    उनलाई तीन दिनभित्र जाँचबुझ गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत समेत तोकिएको छ । आज बसेको गृह मन्त्रालयको बैठकले जाँचबुझ अधिकृत तोकेर छानबिन अघि बढाउने निर्णय गरेको हो ।

    गृह मन्त्रालयले मातहतका हरेक कर्मचारीबाट गरिने पदीय आचारणविरुद्धका कार्यहरू संवेदनशील गोप्य सूचना चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर गर्ने गतिविधिमा सुक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ