• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    नेकपाका २ केन्द्रीय सदस्य स्कारपियो जीपमा सल्यान जाँदै गर्दा पक्राउ

    9.7K
    SHARES



    काठमाडौँ । विप्लव नेकपाका केन्द्रीय सदस्य चुडामणी ओली र चन्द्र बहादुर खड्का पक्राउ पक्राउ परेका छन् । प्रहरीले घेरा हालेर उनीहरुलाई दाङको तुलसीपुरबाट पक्राउ गरिएको हो ।

    सल्यान र तुलसीपुरबाट गएको प्रहरीले घेराहालेर तुलसीपुर–सल्यान सडकखण्डको पैयाँखोरेबाट उनीहरुलाई आज दिउसो ४ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    रोल्पा घर भएका ओली सो पार्टीका न्याय विभाग प्रमुख समेत हुन । त्यस्तै सल्यान घर भएका खड्का पार्टीमा प्रभावशाली युवा नेता हुन् । असल यसअघि गत प्रदेश तथा संघीय प्रतिनिधिसभाको चुनावका क्रममा पनि गिरफ्तार भएका थिए ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले उनीहरुसँगै अर्का एक नेतापनि पक्राउ परेको जानकारी दिए । ओली र खड्कासँगै विप्लव नेकपाका रोल्पा जिल्ला जनसरकार प्रमुख लालबहादुर ओली पनि समातिएका छन् । ओलीको नाम भने प्रहरीले खुलाएको छैन ।

    यता तुलसीपुर प्रहरीले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको जानकारी दिएको छ । स्रोतका अनुसार ओली र खड्काहरु भेटघाटका लागि स्कारपियो जीपमा सल्यान जाँदै थिए ।

    आफ्नै कार्यशैलीका कारण पछिल्लो चरणमा सो पाटीका नेताहरु धमाधम समातिएका छन् । विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गर्न सल्यान र दाङबाट प्रहरी परिचालन गरिएको बताइएको छ ।

    सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाए यता सयौ नेता कार्यकर्ता गिरफ्तार परेका छन् । त्यसमध्ये रुकुमका हेमन्तप्रकाश ओली सुदर्शन सबैभन्दा उच्च तहका नेता हुन् । उनी पार्टीका स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हुन ।

    त्यसैगरी पार्टीका पोलिटब्यूरो सदस्य तथा जनवर्गीय ब्यूरो इन्चार्ज मोहन कार्की जीवन्त, केन्द्रीय सदस्य वसन्त श्रेष्ठ प्रज्वलन, केन्द्रीय सदस्य तथा महिला संगठनकी अध्यक्ष बन्धु चन्दलाई पनि प्रहरीले यसअघि नै गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका मध्ये मकवानपुर जिल्लाका इन्चार्ज बीरबहादुर घलान ज्वालालाई केही दिन अघि जेल चलान गरिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ