• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    बझाङबाट नेकपा जिल्ला सेक्रेटरी मल्ल र कञ्चनपुरबाट नगर सेक्रेटरी भट्ट गिरफ्तार

    5.5K
    SHARES



    धनगढी । सेती र महाकाली ब्युरो अन्तर्गत पर्ने बझाङ र कञ्चनपुर जिल्लाबाट बिद्रोही नेकपाका २ जना नेता गिरफ्तार परेका छन् । बुबाको उपचारमा रहेका नेकपा बझाङका सेक्रेटरी भरत मल्ल र छोराको उपचारमा रहेका कञ्चनपुरको कृष्णपुर् नगर सेक्रेटरी रामदत्त भट्टलाईलाई प्रहरीले शुक्रबार गिरफ्तार हो ।

    पुराना कम्युनिस्ट नेता तथा भरतका बुबा धनबहादुर मल्ल दुबै मृगौला फेल भएर बिरामी छन् । बुबाको उपचारको क्रममा धनगढीबाट बझाङ जाँदै गर्दा मल्ललाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।

    अपहरणशैलीमा गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालयमा पुर्‍याए पनि प्रहरीले औपचारिक कुनै प्रतिक्रिया नदिएको भन्दै परिवारले चिन्ता व्यक्त गरेका छन् । मल्लको रिहाइको पहल गरिदिन हुन बुबा धनबहादुरले आग्रह गरेका छन् ।

    नेकपा सेती ब्यूरोले पनि गिरफ्तारीप्रति आपत्ति जनाउँदै रिहाइको माग गरेको छ । यता छोराको उपचारका लागि अस्पताल जाने तयारीमा रहेकानगर सेक्रेटरी रामदत्त भट्टलाई प्रहरीले कञ्चनपुरबाट गिरफ्तार गरेको छ ।

    जिल्लाको कृष्णपुर् नगर सेक्रेटरी भट्टलाई प्रहरीले शुक्रबार नै घरबाटै गिरफ्तार गरेको नेकपा कञ्चनपुरका सेक्रेटरी परिवर्तनले संचारकेन्द्रलाई बताए । छोराको उपाचारको लागि अस्पताल जाने तयारीमा रहेका बेला कृष्णपुर वडा नम्बर ७ कलुवापुरस्थित घरबाटै भट्टलाई प्रहरीले बिना कारण गिरफ्तार गरेको उनले बताए ।

    व्यक्तिगत, पारिवारिक काममा रहेका बेला र छोराको उपचारका लागि अस्पताल जान लागेको बेला न्यूनतम मानवीय संवेदनालाई समेत ख्यालमा नराखी भट्टलाई गिरफ्तार गरिएको भन्दै सेक्रेटरी परिवर्तनले भर्त्सर्ना गरेका छन् । साथै नगर सेक्रेटरी भट्टलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

    राष्ट्रिय, जनजीविका र जनतन्त्रका पक्षमा शान्तिपूर्ण तवरले संघर्षका कार्यक्रमहरु अगाडि बढाइरहेकाे नेकपासँग आतंकित भएको ओली सरकारले शैतानी हर्कत देखाएको भन्दै पार्टीका नेता कार्यकर्तामाथिको धरपकड, गिरफ्तारी, कुटपिट, झुटामुद्दा र खानतलासी पराजित मानसिकताको पराकाष्ठा भएको उनले बताएका छन् ।

    सेक्रेटरी परिवर्तनले ओली सरकारका यस प्रकारका शैतानी कार्यहरुप्रति घृणा व्यक्त गर्दै दमन र प्रतिबन्धबिरुद्ध कडाइका साथ प्रतिरोध गर्न सबैमा अपिल समेत गरेका छन् । साथै ओली सरकारको ज्यादतीबिरुद्ध नेकपाले बैसाख ५ गते आव्हान गरेको नेपाल बन्दसहितका कार्यक्रम सफल पार्नका लागि सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ