• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    नेकपाको बैठकमाथि प्रहरी छापा, १७ नेता कार्यकर्ता गिरफ्तार, प्रहरीका हाकिम भन्छन्- भन्न मिल्दैन

    11.6K
    SHARES



    सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टीमाथि ओली सरकारले दमन, धरपकड र गिरफ्तारी बढाएको छ । सार्वजनिक भेला सम्मेलन र सभा समेत गर्न नदिने गरी दमनमा उत्रिएको ओली सरकारले नेकपाका आन्तरिक बैठक, छलफलमा समेत हस्तक्षेप गरेर नेता कार्यकर्ता गिरफ्तार गर्न थालेको छ ।

    शुक्रबार मात्रै प्रहरीले  सिन्धुपाल्चोमा नेकपा नेता कार्यकर्ताको छलफल चलिरहेका बेला छापा हानेर १७ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका कार्कीटारमा संगठनको गतिविधिका लागि बैठक चलिरहेको बेला शुक्रबार राति प्रहरीले छापा हानेको हो ।

    गिरफ्तार पर्नेमा जिल्ला सदस्य रञ्जित ठकुरी, धनबहादुर श्रेष्ठ, पूर्ण मल्ल ठकुरी, मेलम तामाङ, समीर तामाङ लगायत १७ जना छन । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नेकपाका कार्यकर्तालाई गिरफ्तार गरेको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएकाे छ ।

    तर जिल्ला प्रहरी प्रमुख मुकुन्द मरासिनीले भने यस विषयमा जानकारी दिन नमिल्ने बताए । ‘क-कसलाई किन समातिएको भन्ने विषयमा केही जानकारी दिन मिल्दैन ।’ झर्किदै संचारकेन्द्रसँगको टेलिफोनका क्रममा एसपी मरासिनीले भने- ‘अहिले किन भन्ने ? कसले के लेख्यो हामीलाई थाहा छैन, केहि मानिस पक्राउ परेका छन्, उनीहरुको विषयमा अनुसन्धान भइरहेको छ, त्यति हाे।’

    १० फागुनमा राजधानीमा नेकपाले ललितपुरस्थित एनसेल मुख्यालयसहित देशका २ दर्जन बढी जिल्लाहरुमा बम बिस्फोट गराएर एनसेल टावर ध्वस्त गरेको थियो ।जनताको पसिनाबाट जम्मा हुने खरबौँ रुपियाँ घोटाला गरिरहेको एनसेलमाथि प्रतिनिधिमूलक कारबाही गरिएको नेपाल कम्युनिष्ट पार्टीले प्रष्ट पारेका छन् ।

    उक्त बम विस्फोटमा परी एक सर्वसाधारणको ज्यान समेत गएको थियो । तर नेकपाले कारबाहीको क्रममा नख्खुको विष्फोटमा सिंहप्रसाद गुरुङ निर्दोष नागरिकको ज्यान गएको र दुईजना घाइतेभएकोमा भने पार्टी गम्भीर बनेको बताएको छ । आइन्दा कारबाहीमा यस्तो गल्ती हुन नदिन हदैसम्म सावधानी अपनाउने प्रतिबद्धता व्यक्त गर्दै नेकपाले पिडित परिवारकाे दुःखमा सक्दो सहयोग गर्ने समेत घोषणा गरेको छ ।

    एनसेलमाथिको कारवाहीको विषयमा शनिबार मात्रै महासचिव विप्लवको आलेख सार्वजनिक भएको छ ।हेर्नुहोस् महासचिव विप्लवको आलेख जस्ताको तस्तै

    हाम्रो पार्टीले जनताको पसिनाबाट जम्मा हुने खरबौँ रुपियाँ घोटाला गरिरहेको एनसेलमाथि प्रतिनिधिमूलक कारबाही ग¥यो । कारबाही गर्दा परिस्थितिजन्य भवितव्यका कारण एक नागरिक सिंहप्रताप गुरुङको निधन हुन पुग्यो भने अरू दुईजना घाइते हुन पुग्नुभयो । त्यसपछि जे–जस्ता प्रचार भएका छन्, स्पष्टताका लागि यो सङ्क्षिप्त आलेख तयार गरिएको छ ।

    नेपालको अर्थतन्त्रमा एनसेलले लामो समयदेखि लुट मच्चाउँदै आएको आम जनतामा स्पष्ट नै छ । हालसम्म उसले सरकारी प्रमाणअनुसार पनि एक खरब बराबर कर छली गरिरहेको छ भने खरबौँ मुनाफा विदेश पलायन गरिसकेको छ । पार्टीहरूलाई घुस खुवाएर, नेताहरूलाई भ्रष्ट पारेर, कैंयन बेला न्यायक्षेत्रलाई समेत प्रभावमा पारेर आर्थिक भ्रष्टीकरणमा असीमित प्रकारले बढावा दिएको छ । एनसेलले यस्तो नगरोस् र उसलाई उचित कारबाही हुनुपर्छ भनेर पार्टीले सुरुदेखि नै भन्दै आएको थियो ।

    समस्या हल गर्नुको सट्टा उल्टो जनसरकार र पार्टीलाई धम्की दिने, प्रहरी प्रशासनलाई दुरूपयोग गर्ने, राज्यलाई टुप्पीमा समाएर आफ्नो स्वार्थमा घुमाउने गरेकोले जनताको मागअनुसार पार्टीले यो कारबाही गरेको हो । यो कारबाही एउटा चेतावनीकै रूपमा हो । उसले कमजोरी नसच्याएमा देशबाटै बर्खास्त गर्नु सही हुनेछ । कारबाहीको क्रममा नख्खुको विष्फोटमा सिंहप्रसाद गुरुङ निर्दोष नागरिकको ज्यान गएको र दुईजना घाइते हुनुभएकोमा भने पार्टी गम्भीर भएको छ ।

    कारबाहीमा कुनै नागरिकको ज्यानलाई क्षति नहोस् भन्नेमा पार्टी सचेत हुँदाहुँदै कारबाहीमा गुरुङजीको दुःखद् निधन हुनु र उरुषा खड्का, … मानन्धरहरू घाइते हुनु धेरै दुःखको कुरा हो । उहाँहरूको परिवारको दुःखमा संवेदना प्रकट गर्दछौँ । साथै, उहाँहरूको दुःखमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ । आइन्दा कारबाहीमा यस्तो गल्ती हुन नदिन हामी हदैसम्म सतर्क हुनेछौँ भन्ने पनि अनुरोध गर्दछौँ । तर, राज्य सरकारले परिस्थितिबश एकजना नागरिकको मृत्यु भएको दुर्घटनालाई वहाना बनाएर देशलाई असीमित घाटा पु¥याइरहेको एनसेलमाथि गरिएको न्यायपूर्ण कारबाहीलाई अपराधसँग जोड्न खोजेको छ र क्रान्तिकारीमाथि दमन गर्न खोजेको छ ।

    अर्काेतिर कान्तिपुरले हाम्रो कारबाहीलाई हिंसात्मक, गैर–कानुनी, अवैधानिक भन्दै यस्तो गर्न नपाइने, अस्वीकार्य भएको, राज्यको सुरक्षा प्रणाली कमजोर भएको, हामीलाई कारबाही गर्नुपर्ने भन्ने समाचार लेखेको छ भने नागरिकले चन्दा नदिएकोले बम हानेको भनेर समाचार छापेछ । यी सबै प्रचारहरू देश र जनताको अधिकार एवम् मुक्तिका लागि दिन–रात खटिरहेका क्रान्तिकारीहरूलाई बद्नाम गर्ने, दमन गर्ने, गराउने र एनसेलले गरेको खरबौँको लुटलाई रक्षा गर्ने षड्यन्त्रसँग सम्बन्धित छन् । यसप्रति भने सबै नागरिकहरूको ध्यान जान आवश्यक छ ।

    एनसेल केन्द्रीय कार्यालयमा गरिएको विष्फोट कसैको ज्यान लिनेसँग सम्बन्धित कारबाही थिएन र होइन । सिंहप्रतापको कुरै नगरौँ, एनसेल व्यवसायी र कर्मचारीसम्मलाई नै पनि निशानामा राखिएको थिएन । सम्भवतः यो कुरा युद्धमा भाग लिएका, सैन्यज्ञान भएका, लडाइँको जानकारी राख्ने जो कसैले सहजै बुझ्ने कुरा हो । तथापि सिंहप्रतापको निधन हुनु र अन्य दुई नागरिकहरू घाइते हुनु दुःखद् कुरा पक्कै हो । तर, यो नितान्त परिस्थितिजन्य भवितव्य, कारबाही दललाई समेत अनुमान नभएको दुर्घटना भएकोलाई सबैले जस्ताको तस्तै बुझिदिनुपर्दछ ।

    मृतक र घाइतेप्रति के सहयोग गर्न सकिन्छ, त्यसमा हाम्रो पार्टी तयार नै छ । तर, सरकारले जसरी एनसेलको खरब बराबरको अपराधलाई सहायक बनाएर बम विस्फोट र मृत्युलाई मुख्य बनाउन खोजेको छ, यो एकदमै दुराशयपूर्ण एवम् षड्यन्त्रपूर्ण छ । यस पहिले विभिन्न सञ्चारमाध्यममा एनसेलले पार्टी, नेता र कर्मचारीलाई अरबौँ घुस खुवाएर कर छली गरिरहेको, देशलाई लुट्दै उल्टै दम्भी फूर्ति हाँकिरहेको समाचार छापेकै थिए, जो सत्यको थिए ।

    यसलाई बङ्ग्याएर हाम्रो पार्टीमाथि दमन गर्ने जुन खेल सरकारले चाल्दै छ, यो केवल कमिसन खाइसकेका विभिन्न संस्था, व्यक्तिहरूको जनघाती, राष्ट्रघाती कूकर्मलाई ढाकछोप गर्ने र एनसेललाई बचाउने दुर्नियत मात्र हो । यसमा पार्टी एकरत्ति पनि विचलित हुनेछैन ।

    अर्को कुरा, एनसेलमाथि कारबाही भएपछि सुरुमा नागरिक पत्रिकाले चन्दा नदिएकोले बम विस्फोट गराएको भन्ने अत्यन्त घृणित एवम् अपराधिक समाचार छाप्यो । यसप्रति पार्टी गम्भीर भएको छ । राजनीतिक पार्टी त्यो पनि दलाल पुँजीवादी सत्तालाई आमूल परिवर्तन गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न चाहने पार्टीले चन्दा माग्ने नमाग्ने उसको पूर्ण अधिकार हो । त्यो मात्र होइन, जनसत्ता र जनसरकारसमेत बनिसकेको स्थितिमा नयाँ सत्ता र सरकारले कुनै पनि व्यवसायीलाई उसका समर्थक जनता र कार्यकर्तामा बजार चलाएबापत् करसमेत तोक्ने अधिकार राख्छ ।

    साथै, एनसेलले जनसत्तालाई पनि उचित कर बुझाओस् भनेर जनसरकारले पनि आफ्नो नीति सार्वजनिक गरिसकेको हो । तर, चन्दाको कुरामा एनसेलले जनता र देशका विरुद्ध गरेको खरबौँको आर्थिक घोटाला, पुँजी पलायनलाई सघाउ पु¥याउने गरी नागरिकले विषयान्तरण गर्नु, त्यसमा पनि क्रान्तिकारी पार्टीलाई अवराधीजस्तो प्रचार गर्नु एनसेलको मतियारको चरित्र होइन ! नागरिकले यस्तो अपराधलाई रक्षा गर्ने र राष्ट्रको पक्षमा संघर्ष गर्ने शक्तिलाई अपराधी भन्न खोज्ने हो भने स्थिति के हो र के हुने हो ? त्यसैगरी, १३ गते कान्तिपुरले कर छली गर्नेलाई कारबाही गर्ने कानूनी निकाय छन्, अवैध तरिका र हिंसात्मक कारबाही स्वीकार्य हुन सक्दैन भनेर हाम्रो पार्टीविरुद्ध कारबाहीको माग गरेर समाचार र सम्पादकीय लेखेछ ।

    कान्तिपुर कैलाश सिरोहियाले चलाएको, भारतको योजनामा प्रचार गर्ने र पैसा कमाउने पत्रिकामा बद्नाम हुँदै गएको छ । यसले नै हो एनसेलका विरुद्ध भ्रष्टाचार र कर छली ग¥यो भनेर अभियान चलाएको । त्यसबेला पनि प्रचार आएको हो, कान्तिपुरले माग गरेको करोडौँ एनसेलले नदिएपछि कान्तिपुर एनसेलविरुद्ध धोती कसेर निस्किएको हो ।

    घटनाले के सावित गर्दैछ भने एनसेलले कान्तिपुरको मुखमा सायद गुलियो चटाइदिएको छ । त्यही गुलियोको स्वादमा उसले को बैध र को अबैध, कसलाई कारबाही गर्ने अधिकार छ र कसलाई छैन, कुन कारबाही स्वीकार्य छ र कुन छैन भनेर वक्वक् गर्न पुगेको छ । कान्तिपुर, नागरिकले के बुझ्नु राम्रो हुन्छ भने हाम्रो पार्टीको कारबाही कर छली र भ्रष्टाचारको पैसा बाँडिखान नपाएको झोकमा पत्रिका रङ्ग्याउने र भाग पाएपछि कालोलाई सेतो र सेतोलाई कालो लेखेजस्तो मिडिया तस्करी गर्ने धन्दा होइन ।

    प्रायः पार्टी, नेताहरूले पैसा खाएर एनसेल, ठूलो जहाज, बुढीगण्डकी, माथिल्लो कर्णाली, अरुण तीनलगायतका दर्जनौँ राष्ट्रघाती कार्यमा प्रायः पार्टी र उनीहरूका नेताहरूले अरबौँ, करोडौँ खाएर मुखमा बुजो लगाएर बसेको कान्तिपुर, नागरिकलाई थाहा छैन !? अनि उनीहरूबारे केही व्यङ्ग्य गरेर आफ्नो स्वार्थ पूरा गर्न मात्र मिल्छ ? ‘जो मूली उही सूली’ भएपछि तिनलाई कारबाही कसले गर्ने हो त ? उनीहरूको जनघाती, राष्ट्रघाती कार्यले देश र जनतालाई पु¥याएको क्षतिप्रति को जवाफदेही हुन्छ ? के देश नै डुब्दा पनि पत्रिकाको प्रचार सुनेर चुपचाप दुलोमा लुकेर सम्भव हुन्छ !

    बीबीसीले प्रश्न गर्दा सोध्यो कि दुःख व्यक्त गरेर, गल्ती भयो भनेर गएको ज्यान फिर्ता आउँछ ? हाम्रो भनाइ ज्यान फिर्ता आउँछ, ज्यान जानु ठूलो कुरा होइन, जे भयो होस् भन्ने कदापि होइन । हामीले कमजोरीहरूलाई सच्याउनैपर्छ तर बीबीसीले पनि के बुझ्न जरुरी छ भने एनसेलले खरबौँ नेपाली जनताको पैसा लुट्दा, भ्रष्ट तत्वहरूले देशमाथि दर्जनौँ राष्ट्रघात गर्दा कति नेपालीको जीवन गयो ? एकजना होइन, हजारौँको ज्यान गएको छ , हाम्रो त दुःखद् दुर्घटना हो तर एनसेल र भ्रष्ट तत्वहरूको त हाकाहाकी हमला हो, के ती गरिब नेपालीको ज्यान फिर्ता आउँछ त ?! के देश नै बर्बाद भयो अनि देश फर्केर आउँछ त ? सारा देश टाट पल्टिँदा के फर्केर आउँछ त ? पक्कै पनि आउँदैन ।

    हामी देश र जनताप्रति पूरै इमानदार छौँ र क्रान्ति केवल उनीहरूकै लागि हो । संघर्षमा केही गल्ती हुन्छन् भने त्यसलाई सच्याउँछौँ तर के एनसेल र भ्रष्ट तत्वहरू देश र जनताप्रति इमानदार छन् ? के उनीहरूले जानीबुझी अपराध गरिरहेका छैनन् ? अनि वास्तविक अपराधीभन्दा हामीलाई समस्या बनाउन मिल्छ ? हामी प्रष्ट भन्छौँ, जसले जे भने पनि अपराधीलाई छुट दिँदैनौँ र दिनुहुँदैन ।

    कारबाही एनसेललाई मात्र होइन, त्यसलाई संरक्षण गर्ने, ऊसँग साँठगाँठ गर्नेलाई पनि हुनुपर्छ । यसमा सबै सचेत भए हुन्छ । फेरि पनि हाम्रा प्रतिबद्धता छ कि देशलाई लुट्ने र जनताको रगतमाथि भ्रष्टाचार गर्ने तत्वहरूलाई कडा दण्ड दिनुुको विकल्प जनतासँग छैन । दलाल पुँजीवादी सत्तालाई समाप्त पार्नु र वैज्ञानिक समाजवाद स्थापनामा गर्नु सभ्य नागरिकहरूको अधिकार हो

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ