• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    रेडियो कर्णाली आवाजमा भएको आक्रमणप्रति क्रान्तिकारी पत्रकार संगठनले जनायो कडा विरोध

    7.3K
    SHARES



    प्रतीमा रेग्मी, काठमाडौँ।  हुम्लाको रेडियो कर्णाली आवाजमा गएराती भएको आक्रमणप्रति क्रान्तिकारी पत्रकार संगठन नेपालले विरोध जनाएको छ । हुम्ला सदरमुकाम सिमकोटस्थित नियमित प्रसारणमा रहेको रेडियो कर्णाली अवाजमाथि शुक्रबार राती ९ बजे आक्रमण भएको थियो ।

    प्रसारणमा रहेको संचारमाध्याम नै बन्द हुनेगरी गरिएको अपराधिक आक्रमणको खबरले संगठनलाई दुःखी बनाएको भन्दै  संगठनका केन्द्रिय अध्यक्ष डिल्लीराज रावतले एक बिज्ञप्ति जारी गरेर बिरोध जनाएका छन् ।

    ‘जनतामा जनचेतना भर्ने र जागरण पैदा गर्न समुदाय स्तरमा चलेका सामुदायिक रेडियोका प्रशारण सामाग्रीमा असरपर्ने गरि गरिएको तोडफोड र पत्रकारमाथी हातपात भएको प्रति संगठन घोर निन्दा गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।

    आफ्नो नियमित प्रशारणमा रहेको संचारमाध्याममा नै प्रवेश गरेर पत्रकारमाथी हातपात गरी रेडियो प्रशारण सामाग्री नै तोडफोड गर्नुले जनताको सुसुचित हुन पाउने अधिकारको हनन गरेको भन्दै पत्रकारमाथी नै हातपात हुनुले पेशागत सुरक्षामा पनि गम्भिर प्रश्न उठेको प्रश्न उठेको जनाइएको छ ।

    संगठनले रेडियो कर्णाली आवाजका आक्रमणकारीलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै संचारमाध्याम र संचारकर्मीको सुरक्षामा संवेदनशिल वन्न राज्यका सम्पूर्ण निकाय र सम्बन्धित सबै पक्षसंग आग्रह गरेको छ ।

    हुम्ला सदरमुकाम सिमकोट माथिल्ला बजारको सूचना टोलमा रहेको रेडियोमाथि अत्याधिक मदिरा सेवन गरी उज्जवल भनिने बाँचबहादुर भण्डारीको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो ।

    उनी सिमकोट गाउँपालिका–१ ठेहे निवासी भण्डारी आफै रेडियोको समाचार कक्षमा प्रवेश गरी तोडफोड गरेको रेडियोका मुख्य प्राविधिक समेत रहेका नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताए ।

    भण्डारी नेतृत्वको समूहले समाचार कक्षका सबै सामाग्री तोडफोड गर्यो । समाचार कक्षमा रहेका २ वटा ल्यापटप, १ वटा डेक्सटप कम्प्युटर, १ प्रिन्टर १, फोटोकपी मेसिन र कुर्चि, टेवल सबै तोडफोड भएका छन् ।

    समाचार कक्षका सबै सामान तोडफोड गरेर प्राविधिक कक्षमा प्रवेश गर्न लागेका उनलाई प्राविधिक कक्षमा प्रवेश गर्न रोक लगाउँदा रेडियोका समाचार सहायक दाने बोहराको देव्रे हातमा चोट लागेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ