• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    प्रसिद्ध अन्तराष्ट्रिय जीवन प्रशिक्षक कार्की अब नेकपाका नेता, काठमाडौँको सभामा गरे पार्टी प्रवेश

    14K
    SHARES



    काठमाडौँ । चर्चित अन्तरास्ट्रिय अभियान्ता नर बहादुर कार्की विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेक छन । पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपाले शनिबार काठमाडौँमा आयोजना गरेको विशाल जनसभामा उनले पार्टी प्रवेश गरेका हुन् ।

    जिवन प्रशिक्षकका रुपमा संसार भर आफ्नो परिचय बनाउन सफल उनि बर्तमान सरकारले जनतामाथि गरेको अन्याय टुलुटुलु हेर्न नसकेर आफु पनि नेकपामा प्रवेस गरेको बताए । आफ्नो मन्तब्य राख्दै उनले बर्तमान सरकारले रेलदेखि अन्तराष्ट्रिय बिमान स्थलसम्मको आश देखाए पनि काम भने सिन्को नभाचेको आरोप लगाए ।

    आफ्नो बेग्लै ज्ञान, क्षमाता र प्रतिभाले बिश्वमा चर्चा बटुली सकेका बौद्धिक युवा कार्कीले हालसम्म ३ लाख बढी मान्छेहरुलाइ पिडा, उत्पिडनबाट मुक्त हुन प्रशिक्षण दिइसकेका छन । जाजरकोटमा जन्मेका उनि बिश्वमा रहेका टप पचास प्रशिक्षकहरु मध्य पर्दछन ।

    प्रखर वक्ता र विश्व स्तरको बौद्धिक युवाका रुपमा परिचित कार्की नेकपामा आवद्ध हुँदा सभामा सहभागी नेकपाका नेता कार्यकर्ताले आफुहरुको थप हौसला बढेको प्रतिक्रिया दिएका छन् ।

    यसपालिको तिहारमा रिलिज भएर राम्रो प्रत्रिकृया बटुल्न सफल नेपाली फिल्म ‘मालिका’का निर्माता तथा कथा लेखक समेत रहेका कार्कि ‘मालिका’कै निर्देशक तथा अभिनेत्री रेखा थापाको कोच पनि हुन् । पार्टी प्रवेश गरेका कार्कीलाई स्थायी समिती सदस्य कार्यक्रमका प्रमुख बक्ता प्रकाण्डले स्वागत गरेका थिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ