• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    प्रचण्ड ‘डाँका’ हुन्, ढलेको क्रान्तिको झण्डा उठाउने विप्लव कमरेडलाई सलाम: किराँती

    21.5K
    SHARES



    काठमाडौं । नेकपा (माओवादी)का संयोजक गोपाल किराँतीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गम्भीर आरोप लगाएका छन् ।

    शनिबार विप्लव नेतृत्वको नेकपाले काठमाडौंको प्रदर्शनी मार्गमा आयोजना गरेको बिशाल जनसभामा बोल्दै संयोजक किराँतीले प्रचण्ड सर्वहारा वर्गको सम्पूर्ण सम्पत्ति नीजि बनाएर कुम्ल्याउने डाँका भएको आरोप लगाए  ।

    ‘जनयुद्धका बेला प्रचण्डलाई हामीले पनि नेता मानेका हौं । त्योबेला उनले सर्वहारा वर्ग र उत्पीडित समूदायका लागि राम्रो गरेका पनि हुन्’ उनले भने ‘-त्यो बेला उनी क्रान्तिकारी थिए । तर उनी अहिले सत्तामा पुगेपछि डाँकामा परिणत भएका छन्’ थप भने ‘डाँकाको उद्देश्य व्यक्तिगत स्वार्थ पूरा गर्ने र त्यसनिम्ति लुट मच्चाउने र सर्वहारा वर्गको सम्पूर्ण सम्पत्ति नीजि बनाएर कुम्ल्याउने कुकर्म गरेका छन् । त्यसकारण उनी जनताको अधिकार र सम्पत्ति लुट्ने डाँकाबाहेक केही होइनन् ।’

    नेपाली क्रान्तिको बीचबाट आजसम्म आइपुग्दा विश्व सर्वहारा वर्गको क्रान्तिको निम्ति ‘प्रचण्ड’ प्रवृत्ति अर्थात् लुटिखाने डाँका प्रवृत्ति उब्जिएको बताए । ‘यो प्रवृत्तिलाई बन्ध्याकरण गर्नुको विकल्प छैन’ किराँतीले भने ‘-नेपालमा प्रचण्डले अलपत्रमा पारेको र धोका दिएको क्रान्तिको झण्डालाई उठाउने आँट विप्लव कमरेडले गरेका छन् । नेकपाले गरेको छ । सलाम छ ।’

    कार्यक्रममा बोल्दै उनले एमाले नेपालका भएको हरेक आन्दोलनका पुच्छर भएको पनि दावी गरे । ‘नाम नेकपा राखेपनि ऊ एमाले नै हो । एमाले देशका हरेक  परिवर्तनकारी आन्दोलनमा पुच्छरबाहेक केही भूमिका ननिभाएको उनको तर्क थियो । ‘बरु कांग्रेसले १०४ वर्षे निरंकुश राणा शासन फाल्यो ।’ उनले भने- ‘माओवादीले सय ५० वर्ष लामो सामान्ती राजतन्त्र ढाल्यो ।’

    किराँतीले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड नयाँ पात्र नभएको पनि बताए । उनले आफूले पार्टी पुर्नगठन गर्दैगर्दाको प्रसंगमा बोल्दै आफूले ओली र प्रचण्डले भन्ने समाजवाद र समृद्धि जनताले देखिसकेको बताए ।

    प्रचण्ड एमालेमा विलय भएपछि आफूले पार्टी पुर्नगठन गर्दैगर्दा पत्रकारले कसरी गर्नुहुन्छ भनेर प्रश्न गर्दा केपी र प्रचण्ड नचिनेका विष्ट होइनन्, हेर्दै जानु होला उनीहरुको समाजवाद र समृद्धि चार वर्षमै देखिने बताउँने गरेको तर्क गरे । उनले आफूले चार वर्ष भने पनि ओली नेतृत्वको सरकार अहिले नै उखेर फाल्न सकिने अवस्थामा पुगिसकेको दाबी गरे । उनले आफूहरुले जनयुद्ध र बलिदानका भावाना नछोड्ने बताए ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ