• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    मंसिर ७ नेकपाको बृहत मार्चपास, ८ गते काठमाडौं बिशाल जनसभा, विप्लवले सम्बोधन गर्ने

    13.5K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पुनर्गठन दिवस मनाउने भएको छ । उसले मंसिर २ गतेदेखि ८ गतेसम्म विभिन्न कार्यक्रम मनाउने भएको हो ।

    पार्टीको पाँचौं पुनर्गठन दिवस साताव्यापी रुपमा देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ । नेकपाले मंसिर २ देखि ८ गतेसम्मको कार्यक्रम सार्वजनिक समेत गरेको छ ।

    मंसिर २ गते देशव्यापीको झण्डासहित पार्टीले उठाउँदै आएका मुद्दा लेखिएका ब्यानर पनि प्रदर्शन गर्ने बताइएको छ । मङ्सिर ३ गते देशव्यापी जुलुस प्रदर्शन गर्ने । त्यसको लागि सबै ब्यूरो र जिल्लालाई निर्देशन दिइसकिएको छ ।

    पार्टीको आयोजनामा मङ्सिर ४ गते राष्ट्रियता, जनजिवीकाका विषयमा देशव्यापी अन्तरक्रिया, अन्तरसंवाद र गोष्ठी गर्ने, मङ्सिर ५ गते देशव्यापी कोणसभा र पिँढीसभा गर्ने नेकपाले जनाएको छ ।

    त्यसैगरी मङ्सिर ६ गते देशव्यापी सांस्कृतिक तथा साहित्यिक कार्यक्रम गर्ने बताइएको छ । त्यसको लागि केन्द्रीय सामाना परिवार र ब्यूरो तथा जिल्लाका कलाकार टोलीले साँस्कृतिक कार्यक्रम गर्ने पार्टी निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघले साहित्यिक कार्यक्रम पर्नेछ ।

    काठमाडौँमा विशाल जनसभाको आयोजना गरेको नेकपाले मङ्सिर ७ गते देशव्यापी मार्चपास गर्ने बताएको छ । मङ्सिर ८ गते काठमाडौँमा पार्टी पुनर्गठन दिवसमा बृहत् जनप्रदर्शन तथा काठमाडौँमा विशाल जनसभाको गर्ने कार्यक्रम तालिका नेकपाले सार्वजनिक गरेको छ ।

    मंसिर ८ गतेको विशाल जनसभालाई विशेष सम्बोधन गर्न महासचिव विप्लव सार्वजनिक हुने बताईएको छ । जनसभाबाट नेकपाले आफ्नो पार्टीको आगामी कार्यक्रमसँगै वार्तावारे धारणा सार्वजनिक गर्ने पनि बताईएको छ । उसले राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजीविकाबारे पार्टीको नयाँ नीति पनि सार्वजनिक गर्ने बताइएको छ ।

    महासचिव विप्लवसहित पार्टी प्रवक्ता, प्रकाण्ड, स्थायी समिति सदस्य सुदर्शन र कन्चन लगायतका शिर्ष नेताहरुले पनि जनसभालाई सम्बोधन गर्ने नेकपा स्रोतले संचारकेन्द्रलाई बतायो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ