• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    कञ्चनपुरमा ओली-प्रचण्डलाई धक्कै धक्का, नेता कार्यकर्ता भकाभक नेकपामा प्रवेश गर्दै

    22.9K
    SHARES

    कञ्चनपुर । देशमा समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिष्ट पार्टीप्रति पछिल्लोसमय अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुको चाँसो ह्वात्तै बढेको छ ।

    गत साउनबाट नेकपाले देशभर एकैसाथ आरम्भ गरेको एकीकृत जनजागरण अभियानका क्रममा अहिलेसम्म आइपुग्दा हजारौंको संख्यामा अन्य पार्टीका नेता कार्यकर्ता गोलबन्द बनेका छन् ।

    कञ्चनपुरमा मात्रै नेकपा जिल्ला पार्टीले सन्चालन गरेको अभियानका क्रममा सङ्गठन बिस्तार र पार्टी प्रवेश गरी करिब १७ सय बढीको संख्यामा अन्य पार्टी र स्वतन्त्रबाट गरी बिभिन्न नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरु गोलबन्द बनेका छन् ।

    यसैबीच शुक्रबार मात्रै जिल्लाको कृष्णपुरमा आयोजना गरिएको ध्रुवीकरण कार्यक्रममा ओली-ओली प्रचण्ड नेतृत्वको पार्टी परित्याग गर्दै झन्डै दर्जनबढी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

    ओली-प्रचण्डले आफ्नो निहित स्वार्थ पूर्तिका पुरानो संसदीय राजनीतिलाई नै निरन्तरता दिएको र जनतालाई धोका दिएको भन्दै स्थानीय निर्वाचनमा कृष्णपुर नगरपालिकाबाट उपमेयरकी उम्मेदवार समेत रहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ शर्मिला थापासहित दर्जन बढि नेता कार्यकर्ता बिद्रोही नेकपामा प्रवेश गरेका हुन् ।

    नेकपा प्रवेश गर्नेहरुमा थापासहित वसन्त भट्ट, धन बहादुर बोहरा ,करन खडका ,यज्ञ भट्ट र स्थानीय तह निर्वाचनमा कृष्णपुर नगरपालिका वडा नम्बर ९ बाट अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार बनेका हिक्मत अवस्थी रहेका छन् ।

    त्यस्तै राप्रपाबाट अरुण भट्टसहितका व्यक्ति नेकपा प्रवेश गरेका छन् । एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्रै देशमा बैज्ञानिक समाजवाद स्थापना हुने भन्दै उनीहरुले विप्लव नेतृत्वको नेकपामा लामबद्ध भएको बताएका छन्

    बिभिन्न पार्टी छोडेर नेकपा प्रवेश गरेका सबैलाई पोलिटब्युरो सदस्य ओम प्रकाश पुन, केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज राप्ति लगायतका नेताहरुले स्वागत गरेका थिए ।

    नेकपाका कञ्चनपुर सेक्रेटरी परिवर्तनको अध्यक्षतामा भएको उक्त ध्रुवीकरण कार्यक्रममा जिल्ला इन्चार्ज अग्नि, व्युरो कार्यालय सचिव संघर्ष, व्युरो सदस्य विपी उपाध्याय लगायतका नेताहरुले नवप्रवेशी कार्यकर्ताहरुलाई शुभकामना दिएका थिए । कञ्चनपुरमा नेकपाको एकीकृत जनजागरण तथा सङ्गठन बिस्तार अभियान तीब्रताका साथ अघि बढिरहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ