• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    कन्चनपुरका गाउँ-गाउँमा नेकपाको अभियान, प्रचण्ड-ओलीका ३५ नेता कार्यकर्ताले गरे पार्टी प्रवेश

    10K
    SHARES



    कंचनपुर । बर्तमान संसदीय राज्य व्यवस्थाका बिरुद्ध आन्दोलन गर्दै अलग सत्ताको अभ्यासमा रहेको विद्रोही नेपाल कम्युनिष्ट पार्टीले देशभर संगठन विस्तार र धुर्विकरण अभियान चलाइरहेको छ ।

    अभियानको क्रममा पार्टीले कन्चनपुरका गाउँ र शहरमा एकैसाथ अभियान सन्चालन गरीरहेको बताएको छ । यसैबीच जिल्लाको वेल्डाँडीमा पार्टी केन्द्रिय सदस्य तथा महाकाली व्युरो ईन्चार्ज राप्तीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको जिल्ला पार्टीले जनाएको छ ।

    कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रिय सदस्य राप्तीले, प्रचण्ड-बाबुरामहरुका बेईमानि र गद्दारीका कारण अलपत्र परेको नेपालको जनवादी क्रान्तिका बाकी ऐतिहासिक कार्यभार आफुहरुले पुरा गर्दै स्वाधिन जनगणतन्त्र नेपाल स्थापना गर्ने बताए ।

    त्यस्तै राप्तिले आफ्नो पार्टीले बर्तमान संसदीय व्यबस्थाको विकल्पमा बैज्ञानिक समाजवाद स्थापना गर्ने बताउदै सम्पूर्ण न्यायप्रेमी, आम जनसमुदायलाई त्यसका निम्ति गरिने सबैखाले संघर्षमा साथ दिन आग्रह गरेका छन् ।

    बर्तमान ओली नेतृत्वको सरकार जनताका जल्दाबल्दा समस्याको समाधान गर्नुको साटो उल्टै समस्या बढाउदै गइरहेका कारण स्वतः असफल बन्दै गइरहेको बताएका छन् । सरकारको रवैयाका कारण जनताले यो पुरानो संसदीय ब्यबस्थाको विकल्प खोजिरहेका बेला आफूहरुले त्यसको ठाउँमा नयाँ जनताको व्यबस्था बैज्ञानिक समाजवादको बिकल्प दिएको बताए।

    कार्यक्रममा प्रचण्ड-ओलीको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेर ३५ जना नेता कार्यकर्ताहरु विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । तत्कालिन एमाले-माओवादीका जिल्ला सदस्य आन सिंह महरा’अथक’, धर्म सिंह ऐर ‘मुक्ति’, दिल व. टमाटा, गिरी सुनार, लाल व. सिंह, लक्ष्मण व. सिंह, शोभा रानालगायतका नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन् ।

    पार्टीका स्थानीय नेता राम व. सिंहको अध्यक्षतामा आयोजना गरीएको उक्त कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज अग्नि, सेक्रेटरी परीवर्तन, जनपरीषद प्रमुख विर सिं.सुनारलगायतका अतिथिहरुले आफ्ना मन्तब्य राखेका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ