• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    भूमि’गत भएको समाचार बाहिरिएपछि विप्लवले मुख खोल्दै यसो भने

    113.6K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टी भूमिगत नभइ जनतासँगै रहेको बताएका छन् । क्रान्ति जनताका लागि गरिने र जनताले नै क्रान्तिको रक्षा गर्ने कुरा प्रस्ट पार्दै महासचिव विप्लवले आफ्नो पार्टी जनतासँगै रहेको अवस्थामा क्रान्तिमा धोका दिएर गद्दारी गरेकाहरुले भने अहिले भूमिगत हुनुपरेकाे बताएका छन् ।

    जनताकै बलमा क्रान्तिकारीहरूले क्रान्ति हाँक्ने हो अनि एक क्रान्तिकारी जनताको बीचमा बस्ने कुरालाई केको भूमिगत ? भूमिगत त ती तत्व छन् जसले क्रान्तिमा धोका दिएका छन् । गद्दारी गरेका छन्, वार्ताका नाममा जनता र देशलाई धोका दिएर जनताले क्रान्तिबाट हासिल गरेका उपलब्धिहरूलाई नास पारेका छन् । उनले भने । ‘ती तत्व पो प्रहरी र सेना नभएसम्म पाइला नसारेर भूमिगत छन् । हेलिकोप्टर र प्लेनबाहेक हिँड्नै छोडेर जनताबाट भूमिगत भएका छन् । हाम्रा नेता–कार्यकर्ता सबै पूरा जोसजाँगरका साथ पार्टीका अभियानमा डटेका छन् र क्रान्ति चलाइरहेका छन् ।’

    महासचिव विप्लवले नेपाली क्रान्तिको उत्तराधिकारी आफ्नो पार्टी भएको बताएका छन् । उनले हालै एक अन्तर्वार्ताका क्रममा २०६३ सालपछिको ऐतिहासिक वार्ताप्रक्रियामा बाहिर र भित्रबाट भयानक धोका र गद्दारी भएपछि आफ्नो पार्टी दलाल पुँजीवादी सत्तालाई जरैबाट उखेलेर फाल्न एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर अघि बढिरहेको बताएका छन् ।

    विप्लवले वर्तमान परिस्थिति र सरकारको चरित्रचित्रण गर्दै भनेका छन्, ‘राष्ट्रघात, भ्रष्टाचार, जनअधिकारमाथि तानाशाही दमन, तस्करी, बलात्कार र महँगी अत्यधिक मौलाएको छ । यो कैयौँ अर्थमा राजतन्त्रको समयमा भन्दा पनि खराब र खतरनाक छ । जस्तो कि सिक्किमलाई यस्तै दलालहरूले बेचेर खाएका थिए ! तर आज पुनः दलाल पुँजीवादी सत्ताका विरुद्ध नयाँ क्रान्तिको प्रक्रिया अगाडि बढिसकेकाले नेपाललाई सिक्किम हुन दिइनेछैन ।’

    १३ वर्षअगाडिका प्रचण्डका तर्क हेर्नुस् न । त्यसबेला एमालेका केपी वली, माधव नेपाल, झलनाथ खनाल र काङ्ग्रेसका नेताहरूले बहुदलीय प्रजातन्त्र र समृद्धिको प्रचार गर्दा उनले के भनेका थिए ? उनले तिनीहरूलाई साम्राज्यवादका पिट्ठू, पाले, नोकर, दलाल, जनतालाई झुक्याउने फटाहा भनेका थिए, हैन र ? त्यतिबेला उनी एमाले, काङ्ग्रेसलाई बढारेर फाल्नुपर्ने तर्क गर्दैनथे र ?

    समृद्धिका लागि सामन्ती, दलालहरूको सत्तालाई जरैबाट फाल्नुपर्छ भन्दैन थे र ? अनि उनै नेता, उही सत्तामा कसरी जनताको समृद्धि हुन्छ ?’ अहिलेको राज्यप्रणाली दलाल पुँजीवादी भएको उल्लेख गर्दै महासचिव विप्लव भनेका छन्- ‘यो सबै उनले आफ्नो पश्चगमन, प्रतिगमन र पतनलाई लाज छोप्ने खोल हाल्न खोजेको मात्र हो । यसमा अब त कसैलाई विश्वास पनि छैन । के निश्चित हो भने दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना भयो भनेचाहिँ साँच्चिकै समृद्धि हुन्छ । यो झूटो आश्वासन होइन, इतिहाससिद्ध तथ्य हो।’

    अबको क्रान्तिले सबै कम्युनिस्ट, वामपन्थी, लोकतान्त्रिक, देशभक्त र राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध गर्न सक्ने भन्दै उनले सबै जनतालाई अधिकार सम्पन्न र देशलाई स्वाधीन बनाउन एकजुट हुनुपर्ने बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया