• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    जनयुद्धको उदगम थलो रोल्पामा नेकपाको यस्तो तयारी, ओली-प्रचण्डलाई आयो चेतावनी

    39.9K
    SHARES



    काठमाडौं ।

    केन्द्रमा ओली नेतृत्वको सरकारले नेपाल कम्युनिस्ट पाटीृका नेताहरूलाई भटाभट गिरफ्तार गरेर राज्यआतंक सिर्जना गरिरहेको बेला माओवादी जनयुद्धको उदगम थलो रोल्पामा भने नेकपाले शक्ति प्रदर्शन गरेको छ ।

    ओली सरकारको दमनलार्इ प्रतिरोध गर्ने चेतावनीसहित रोल्पामा नेपाल कम्युनिस्ट पार्टीका युवाहरूले रातो मार्चपास गरेका छन् ।

    चार महिना संगठन सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत नेकपाले आइतबार रोल्पामा सयौं युवाको सहभागितमा अभियान शुरू गरेको छ । पश्चिम रोल्पा जहाँ वर्तमान उर्जा मन्त्री वर्षमान पुन अनतन्तको गाउँ क्षेत्रमा नेकपाका युवाहरूले शक्ति प्रर्दशन गरेका छन् ।

    राज्य दमन बन्द गर, प्रतिरोध संघर्षलार्इ अगाडि बढाउँ भन्ने नारासहित ब्यानर बोकेर नेकपाका कार्यकर्ताहरू अभियानमा हिडेका छन् । जुन अभियानको नेतृत्व नेकपाकी केन्द्रीय सदस्य सम्झना घर्तीले गरेकी छिन् ।

    यो अभियानले ओली सरकारको राज्य आतंकलार्इ चुनौती दिन ठूलो भूमिका खेल्ने योंग रेड फोर्स रोल्पाका नेताहरूले बताएका छन् । नेकपाको यो अभियान शुरू भएपछि जनयुद्धलार्इ धोका दिने प्रचण्डका नेताहरू निकै अत्तालिएको बुझिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ