• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    मानसिक सन्तुलन गुमाएका सत्ताधारीहरुले कञ्चनपुरका जनतामाथि गोली चलाए : इन्चार्ज राप्ति

    18.4K
    SHARES



    कञ्चनपुर ।

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता तथा महाकाली ब्युरो इन्चार्ज राप्तिले कञ्चनपुरबासीमाथि मानसिक सन्तुलन गुमाएका सत्ताधारीहरुले गोली चलाएको बताएका छन् ।

    उनले निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै आन्दोलनमा होमिएका जनतामाथि असन्तुलित मानसिकता भएका सत्ताधारीहरुले बर्बर दमन गरेको बताए ।

    इन्चार्ज राप्तिले शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै बालकको ज्यानै लिने गरी सरकारले जनतामाथि गरेको बर्बर दमनकाे बिरोध गरेका छन् ।

    निर्मला हत्याकाण्ड पछि कञ्चनपुरमा दिनहुँजसो आन्दोलन, प्रतिरोध र राज्य अातंकका श्रीखलाहरू बढ्दै गइरहेको भन्दै इन्चार्ज राप्तिले शान्तिपूर्ण प्रदर्शनमाथि सयौं गोली बर्साएर शनि खुनाको ज्यान लिने र ३० जनालाई घाइते बनाउने सरकारको कायरतापूर्ण कदमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    साथै सबैभन्दा पहिले निर्मला हत्याकाण्डका दोषी पहिचान गरी कानुनी कठघरामा उभ्याउन र मृतक परिवारजनलाई क्षतिपूर्तिको बय्बस्था तथा घाइतेहरुको निशुल्क उपचारको उनले माग गरेका छन् ।

    लोकतन्त्रको उदेश्यपश्चात देशमा महिला हिँसा, यौनजन्य अपराध, आधुनिक शैलीमा मानव बेचविखनदेखि बलात्कारपछि हत्याका श्रीखला मात्रै नभइ महँगी, बेरोजगारी, भ्रष्ट्राचार, कमिसन तन्त्र, तस्करी र राष्ट्रघात मौलाउँदै गएको विज्ञप्तिमा उल्लेख छ ।

    निर्मला हत्याकाण्डको विषयमा पनि सुरुवातदेखि नै नेपाल प्रहरी र स्थानीय सरकारको भूमिका सन्देहात्मक भएको इन्चार्ज राप्तिले बताएका छन् ।

    ‘पछिल्लो समयमा मानसिक असन्तुलन भएको मान्छेलाई दोषी प्रमाणित गर्न खिज्नु र जनताको न्यायिक आवाजमाथि छानीछानी अबोध नबालकका छातीमा गोली हानिनु सम्पूर्ण सत्ताधारीको मानसिक असन्तुलन प्रतित हुन्छ । इन्चार्ज राप्तिद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- ‘त्यसैले हामी अपिल गर्छौं कि प्रथम: निर्मला हत्याकाण्डका अपराधिलाई कानुनी कठघरामामा उभ्याइयोस । मृतक परिवारजनलाई क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार राज्यले गरोस ।’

    उनले ऐतिहासिकरुपमा उठेको कञ्चनपुरबासीको जायज आन्दोलन र राज्यको दमनका बिरुद्ध एकजुट भएर आन्दोलनको नया स्वरुपमा सहभागी हुन सबै  देशभक्त, लोकतान्त्रवादी, मानव अधिकारकर्मी, पेशा ब्यबसायी तथा पत्रकार र आम सचेत बर्गमा आव्हान समेत गरेका छन् ।

    त्यस्तै राज्य आतंकका बाबजुद पनि आफ्नो पार्टीले निर्मला हत्याकाण्डको बारेमा आन्तरिकरुपमा गम्भीर छानविन गरिरहेको प्रष्ट पार्दै नागरिक समाजसँगको सहकार्यमाछिट्टै अनुसन्धानको निष्कर्षमा पुग्ने इन्चार्ज राप्तिले बताएका छन् ।

    हेर्नुहोस् विज्ञप्ति

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ