• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    युद्धले भारत र पाकिस्तानको शेयर बजारमा पहिरो, मुद्रामा देखियो असर

    1.8K
    SHARES



    नयाँदिल्ली । भारतसँग युद्धको तनाव चुलिएसँगै पाकिस्तानको शेयर बजारमा पहिरो गएको छ। बिहीबार पाकिस्तानी शेयर बजार ६ प्रतिशतले ओरालो लाग्यो। यता, भारतीय बजारमा पनि भारी गिरावट देखिएको छ।

    भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण बिहीबार दुवै देशका शेयर बजार भारी गिरावटसहित बन्द भएका हुन्।

    भारतका प्रमुख स्टक एक्सचेन्ज सेन्सेक्स र निफ्टी दुवैमा करिब आधा प्रतिशतको गिरावट दर्ज गरिएको छ। उता, पाकिस्तानको कराँची स्टक एक्सचेन्जमा लगानीकर्तामा त्रास फैलिएको देखियो। त्यहाँ भारी बिक्रीको दबाब परेको छ।

    कारोबार सत्रका क्रममा किनबेच नै रोक्नुपर्‍यो, जसको कारण थियोे, शेयर मूल्यमा भारी गिरावट। कराँची स्टक एक्सचेन्जको सूचकांक केएसई १०० ले कारोबारमा ६ प्रतिशतभन्दा बढी गिरावट भोग्नुपर्‍यो। मुद्रा बजारमा पनि तनाव देखिएको छ।

    यता भारतीय रुपियाँ अमेरिकी डलरसँग तुलना गर्दा एक प्रतिशतभन्दा बढीले कमजोर भएको छ। पाकिस्तानी रुपियाँमा पनि गिरावट आएको छ। दुवै देशका लगानीकर्तामा चिन्ता बढिरहेको छ। बिहीबार दुबै देशले एक–अर्कामाथि ड्रोन आक्रमणको आरोप लगाएका छन्।

    भारतले जानकारी मंगलबार राति पाकिस्तान र पाकिस्तान शासित कश्मीरमा हवाई आक्रमण गरेको थियो। त्यसयता दुई देशबीच भीषण युद्धको अवस्था बन्न थालेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ