काठमाडौं । काठमाडौँको थापाथली चोकबाट नर्भिक हस्पिटल जाने सडकमा मंगलबार बिहान मेलम्चीको पाइपलाइन फुटेको छ ।
पाइपलाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । पाइपलाइन फुट्नुको कारण भने खुलिसकेको छैन ।
थापाथली चोकबाट नर्भिक अस्पताल जाने ठाउँतिरको बाटोमा लाइन फुटेको र त्यससँगै सडक भत्किएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।
सो क्षेत्रका केही पसलहरुमा पानी समेत पसेको स्थानीयले बताएका छन् । तीन साताअघि मात्रै बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुट्दा त्यस क्षेत्र जलमग्न बनेको थियो ।
प्रतिक्रिया