• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    काठमाडौंमा आज राप्रपाको प्रदर्शन, निषेधित क्षेत्रमा कडा सुरक्षा व्यवस्था

    811
    SHARES



    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतबार) काठमाडौंको बिजुली बजारमा प्रदर्शन गर्ने भएको छ। बिहान ११ बजेबाट सुरु हुने प्रदर्शनका लागि राप्रपाले व्यापक तयारी गरेको छ। पार्टीले जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिइकन प्रदर्शनको योजना बनाएको हो।

    राप्रपाका नेताहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएपछि उपत्यका प्रहरी कार्यालयले सुरक्षा रणनीति कडा बनाएको छ। उपत्यका प्रहरी प्रमुख एसएसपी शेखर खनालका अनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर विशेष सुरक्षा योजना लागू गरिएको छ।

    निषेधित क्षेत्रमा सम्भावित प्रवेशलाई मध्यनजर गर्दै भद्रकाली, बबरमहल र बालुवाटार क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। बालुवाटारस्थित प्रधानमन्त्री निवास आसपासमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। एसएसपी खनालले भने, “निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। सम्भावित झडप रोक्न बल प्रयोग गर्नुपर्ने अवस्था आए पनि प्रहरी तयारी अवस्थामा छ।”

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार प्रदर्शन स्थल र निषेधित क्षेत्रमा सशस्त्र प्रहरी बललाई ब्याकअपको रूपमा परिचालन गरिएको छ। साथै, सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू पनि खटाइने भएका छन्।

    काठमाडौँ जिल्लाको सुरक्षा कमान्डको जिम्मेवारी एसएसपी विश्व अधिकारीले लिनेछन्। प्रदर्शनस्थलमा भेला हुनेहरूमाथि निगरानी राखिने र निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्नेहरूलाई नियन्त्रणमा लिने रणनीति प्रहरीले अघि सारेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ