काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेता सिंहदबारभित्रैबाट पक्राउ परेका छन् । आइतबार सिंहदबारभित्रै सांकेतिक प्रदर्शन गरेलगत्तै अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरु पक्राउ परेका हुन् ।
उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ ।
उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो ।
पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो ।
सोही अनुसार राप्रपाका कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला हुँदै गर्दा संसदीय दलको कार्यालयमा भेला भएर लिङ्देनलगायतले सिंहदबारमै सांकेतिक प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया