• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    निजामती विधेयकबारे लोक सेवा आयोगसँग छलफल गर्दै संसदीय उपसमिति

    731
    SHARES



    काठमाडौं । संघीय निजामती विधेयकमा सहमति जुटाउन गठित प्रतिनिधि सभा अन्तर्गतको संसदीय उपसमितिले लोक सेवा आयोगसँग छलफल गर्दैछ ।

    नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु नेतृत्वको उपसमितिले आज आयोगका पदाधिकारीलाई छलफलमा बोलाएको छ । बैठक सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

    छलफलमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सहित आयोगका सदस्यहरू सहभागी हुँदैछन् । यही फागुन ९ गते राज्य व्यवस्था समितिले कांग्रेसका सांसद बडु नेतृत्वमा संसदीय उपसमिति गठन गरेको थियो ।

    यो उपसमितिले यसबीचमा तीन वटा बैठक गरिसकेको छ । आइतबारको बैठक चौथो हो । उपसमितिलाई एक महिनाभित्र विधेयकमाथि सहमति जुटाएर प्रतिवेदन दिन भनेको छ ।

    संसदीय उपसमितिको सदस्यहरूमा सांसदहरू अशोक कुमार राई, इश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ