काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव कञ्चनले सबै प्रकारका निर्मम सङ्घर्षको बिचबाट नेपाल कम्युनिस्ट पार्टी (बहुमत) क्रान्तिकारी झन्डा उठाउँदै वैचारिक, राजनीतिक र सङ्गठनात्मक दृष्टिले सुदृढ पार्टीको रूपमा खडा भएको बताएका छन् ।
जनयुद्धको ३० औं वर्षगाँठको अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै उनले माओवादी पार्टी मिलेराँवादमा पतन भएपछि कम्युनिस्ट पार्टीभित्र देखिएका सुधारवाद, संशोधनवाद, अर्थवाद, व्यवहारवाद, गुटवाद, सङ्कीर्णतावाद र समग्रमा विसर्जनवादका विरुद्ध गरिएका निर्मम सङ्घर्षको बिचबाट आफ्नो पार्टी क्रान्तिकारी झन्डा उठाउँदै वैचारिक, राजनीतिक र सङ्गठनात्मक दृष्टिले सुदृढ पार्टीको रूपमा खडा बताएका हुन् ।
यसले मार्क्सवाद-लेनिनवाद-माओवादलाई नयाँ उचाइमा उठाएको र द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तलाई अझ दहो गरी पकडेको व्यक्तव्यमा उल्लेख छ ।
जनयुद्धको इतिहासका जति दिनहरू बित्दै जान्छन्, त्यति नै त्यसको महत्व स्वर्णिम अक्षरभै अझ चमकदार भएर मुखरित हुँदै जाने उनको भनाइ छ । ‘२०५२ साल फागुन १ गते सुरु भएको महान् जनयुद्धका ३० वर्षहरू पार भएका छन् । जनयुद्धको इतिहासका जति दिनहरू बित्दै जान्छन्, त्यति नै त्यसको महत्व स्वर्णिम अक्षरभै अझ चमकदार भएर मुखरित हुन्छन् । समान्यतः ३ हजार वर्ष पुरानो र विशेषतः २५० वर्ष पुरानो केन्द्रीकृत सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गरेको जनयुद्ध आफैँमा कति महान् थियो भन्ने तथ्य आगामी पिंढीका लागि अत्यन्तै महत्वको हुनेछ । यस प्रकारको इतिहास रच्ने ती महान् सहिदहरूप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ, ती महान् बेपत्ता योद्धाहरूको स्मरण गर्दछ र ती घाइते वीर योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछ ।’ उनले भनेका छन् ।
साथै उनले नेपाली कम्युनिस्ट आन्दोलनले भोग्नुपरेका आरोह-अवरोहबाट पाठ सिक्दै, नेपालका क्रान्तिप्रेमी कम्युनिस्टहरूलाई एकताबद्ध गर्दै आगामी दिनमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरी देशलाई समाजवादी गणतन्त्रमा बदल्न आफ्नो पार्टी प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन् ।
देशमा विद्यमान दलाल पुँजीवादी व्यवस्थालाई बलपूर्वक समूल नष्ट गरी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने सशक्त आन्दोलनमा खडा हुन पनि उनले सबैमा अपिल गरेका छन् ।
‘नेपाली कम्युनिस्ट आन्दोलनले भोग्नुपरेका आरोह-अवरोहबाट पाठ सिक्दै, नेपालका क्रान्तिप्रेमी कम्युनिस्टहरूलाई एकताबद्ध गर्दै आगामी दिनमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरी देशलाई समाजवादी गणतन्त्रमा बदल्न हाम्रो पार्टी प्रतिबद्ध रहेको छ । यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी देशका सम्पूर्ण सर्वहारा श्रमजीवी र उत्पीडित जनसमुदायलगायत सम्पूर्ण नेपाली जनतामा क्रान्तिकारी रूपान्तरणको हार्दिक शुभकामना व्यक्त गर्दछ । देशमा विद्यमान दलाल पुँजीवादी व्यवस्थालाई बलपूर्वक समूल नष्ट गरी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने सशक्त आन्दोलनमा खडा हुन पनि हार्दिक अपिल गर्दछ ।’ वक्तव्यमा भनिएको छ ।
यो ऐतिहासिक अवसरमा नेकपा (बहुमत)ले देशका सम्पूर्ण सर्वहारा श्रमजीवी र उत्पीडित जनसमुदायलगायत सम्पूर्ण नेपाली जनतामा क्रान्तिकारी रूपान्तरणको हार्दिक शुभकामना व्यक्त गरेको छ ।
प्रतिक्रिया