• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    सुडानमा विद्रोही समूहको आक्रमणमा २० जनाको मृत्यु

    56
    SHARES



    खार्तुम । पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा २० नागरिकको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।

    ‘हिजो राती विद्रोही अर्धसैनिक आरएसएफले स्कूलमा चार बम खसालेको छ । साथै, आज बिहान उत्तरमा रहेको अबु शौक विस्थापन शिविरमा विद्रोही अर्धसैनिक आरएसएफले गोलाबारी गरे, जसमा एक नागरिकको मृत्यु भयो र एक केटी घाइते भए,’ उत्तरी डार्फर राज्यका स्वास्थ्य महानिर्देशक इब्राहिम खातिरले बताए ।’

    विद्रोही अर्धसैनिक आरएसएफले एल फशरमा भएका दुई घटनाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । उत्तरी डार्फर राज्यको राजधानी शहर एल फशरमा मे १० देखि सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफबीच भीषण झडप भइरहेको छ ।

    अन्तर्राष्ट्रिय संस्थाहरूको पछिल्लो अनुमानका अनुसार, सुडान मध्य अप्रिल सन् २०२३ देखि विनाशकारी द्वन्द्वको चपेटामा छ । यसले कम्तीमा २९ हजार ६८३ जनाको ज्यान लिइसकेका तथा १४ लाख भन्दा बढी मानिसहरूलाई विस्थापित गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ