• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा कैफियत देखिए जिम्मेवारीमुक्त गर्नुपर्छ: उपप्रमुख डंगोल

    28
    SHARES



    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पुरानो बसपार्कस्थित काठमाडौं टावरको भवन निर्माण नक्सा स्विकृतीको सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको संलग्नता देखिए उनलाई जिम्मेवारीमुक्त गर्नुपर्ने बताएकी छन्।

    काठमाडौं टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि महानगरले शनिबार पत्रकार सम्मेलन गरी प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई कारबारहीको सिफारिस गरेको थियो।

    यसबारेमा प्रतिक्रिया दिँदै महानगरकी उपप्रमुख डंगोलले प्रमुख प्रशासकीय अधिकृतको भूमिका कैफियत देखिए उनलाई कारबाही गर्नुपर्ने बताएकी हुन्।

    ‘निष्पक्ष छानविन भएपछि दोषिलाई कारबाही हुनुपर्छ, त्यसमा दुईमत भएन,’ उनले भनिन्, ‘यदि कसैले त्यहाँ षडयन्त्र रचेको रहेछ भने त्यसको पनि छानबिन हुनुपर्छ । त्यसमा क–कस्को सहभागी छ त्यसको पनि निष्पक्षरुपमा छानविन हुनुपर्छ,’ उनल भनिन्।

    उपप्रमुख डंगोले यसमा प्रमुख प्रशासकीय अधिकृतको मात्रै हो कि अरूको पनि भूमिका छ भन्ने पत्ता लगाएर उनीहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन्।

    ‘यो संगठित भ्रष्टाचार हो कि भन्ने पनि आशंकाहरु छन्। त्यसमा पनि छानविन गरी कारबाही हुनुपर्छ,’ उपप्रमुख डंगोलले भनिन्, प्रमुख प्रशासकीय अधिकृतको कैफियत देखिएमा तुरुन्तै उहाँलाई कामपाको जिम्मेवारीबाट मुक्त गरिनु पर्दछ र यसमा अरु क–कस्को संलग्नता छ त्यो पनि निष्पक्ष छानविन गर्नुपर्छ । यदि यो विषयमा संगठित भ्रष्टाचार भएको रहेछ भने त्यस उपर पनि कारबाही हुनुपर्छ ।’

    उपमेयर डंगोलले त्यस विषयमा क–कस्को के–के मा संलग्नता रही भ्रष्टाचार गरिएको हो त्यस उपर पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालै छानविन गर्नु पर्नेमा जोड दिइन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया