• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश समाचार

    स्टार्टअप बिजनेसलाई अघि बढाउन सरकार तत्पर छ : अर्थमन्त्री पौडेल

    1.5K
    SHARES



    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप बिजनेसलाई अघि बढाउन सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताएका छन् । बुधबार काठमाडौँमा स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै अर्थमन्त्री पाैडेलले यस्तो बताएका हुन् ।

    उनले सबै सृजनशील युवालाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गर्दै युवाहरूलाई देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्नका लागि सबैसँग आग्रह गरेका छन् ।

    अर्थमन्त्री पौडेलले विनियोजित बजेटलाई अधिकतम मात्रामा सही सदुपयोग गर्नका लागि अग्रसर हुन पनिआग्रह गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको छोटो समयमै जनतामा केही हुन्छ भन्ने आशा जागृत भएको जिकिर गरे । उनले अर्थतन्त्रका क्षेत्रमा रहेका समस्याहरू एक/एक गरेर केलाउँदै, समाधान गर्दै, उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र मागको बिस्तार, व्यापार घाटाको अन्त्य लगायतका गतिविधिद्वारा अर्थतन्त्रलाई सबल बनाउने बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ