• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    भदौमा पनि घट्यो वाणिज्य बैंकहरुकाे ब्याजदर

    0.9K
    SHARES



    काठमाण्डौ। वाणिज्य बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भदौ १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदरको सूचना प्रकाशित गरेका छन् । भदौ महिनामा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ६.४९ प्रतिशतविन्दु रहेको छ ।

    यो साउन महिनाको तुलनामा 0.२३ प्रतिशतविन्दु कम हो । साउन महिनामा बैंकहरुको यस्तो ब्याजदर ६ दशमलव ७२ प्रतिशतविन्दु थियो । त्यस्तै संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा शून्य दशमलव २४ प्रतिशतविन्दु घटेको छ ।

    सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये सिटिजन्स र प्राइमले मात्र ब्याजदर बढाएका छन् । ग्लोबल आईएमई, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल र स्ट्यान्डर्डले ब्याजदर यथावत् राखेका छन् भने अरु १२ बैंकले ब्याजदर घटाएका छन् ।

    निक्षेपमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया र एनएमबी बैंकले ७ दशमलव ४१ प्रतिशत दिने भएका छन् । यी बैंकले साउनको तुलनामा ब्याजदर शून्य दशमलव १२ प्रतिशत विन्दुले घटाएका छन् । हिमालयन, नबिल, माछापुच्छ्रे र स्ट्यान्डर्ड चार्टर्ड बैंकले निक्षेपमा ७ प्रतिशत ब्याज दिने भएका छन् ।

    यस्तै नेपाल बैंकले मुद्दती निक्षेपमा सबैभन्दा कम ५ दशमलव २५ प्रतिशत ब्याज दिने भएको छ । सानिमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ४ दशमलव ९० प्रतिशत र व्यक्तिगततर्फ ६ दशमलव २० प्रतिशत ब्याजदर कायम गरेको छ ।

    ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ दशमलव २५ प्रतिशत र संस्थागतर्फ ५ दशमलव २५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । साउन महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम यही ब्याजदर दिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया