• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कम्युनिष्ट नेताहरूमा सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृति देखियो : उपेन्द्र यादव

    794
    SHARES



    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्ट नेताहरूमा सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृत्ति  देखिएको बताएका छन् । पुष्पलालको जन्म शताब्दीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा यादवले कम्युनिष्ट पार्टीका नेताहरूमा सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृत्ति देखिएको बताएका हुन् ।

    उनले सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठानेर उनीहरूले राजावादी, कांग्रेस सवैसँग सहकार्य गरेको धारणा राखे । उनले सच्चा कम्युनिष्ट भन्नेहरूले भने अहिले पनि दुःख पाइरहेको जिकिर गरे ।

    यादवले एउटा वर्ग समुदायले हालिमुहाली गरेर सत्ता आउने भएपनि समाजवाद आउन नसक्ने धारणा राखे । उनले मुलभुत मुद्दालाई केन्द्रित गरेर अघि बढ्ने नेतृत्वको अभाव, अवसरवादको चरम सीमाले गर्दा समाजवादको यात्रा कठिन देखिएको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया