• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    नेकपाले कब्जा गर्‍यो भुमाफियाले हडपेको ७० करोड बढीको जमिन, दलाललाई दियो यस्तो चेतावनी

    31.4K
    SHARES



    राज कुमार सुगम, पोखरा ।

    पोखराको नया सडकमा रहेको सार्बजनिक जमिनलाई भूमाफियाले हडपेर आफ्नो बनाएपछि नेपाल कम्युनिष्ट पार्टीले कब्जा गरेको छ । ४३ बर्ष पहिलादेखि सरकारको मातहतमा रहेको जमिनलाई पोखराको एक कोइराला परिवारले निजी बनाएपछि नेकपाले कब्जा गरेको हो ।

    पोखराको नया सडकस्थित किता नम्बर १६६८ (साबिक किता नम्बर ६७६) को सार्बजनिक जग्गा पोखरा गैहापाटनका करुणानिधि कोइरालाले आफ्नो नाममा बनाएपछि संचार केन्द्र डटकमले यसबारे पहिलो पटक समाचार प्रकाशित गरेको थियो ।

    तत्कालिन उपत्यका नगर बिकासले नया सडक निर्माण गर्दा सम्बन्धित जग्गा धनीलाई उचित मुआब्जा दिएर ५० प्रतिशत नगर बिकास समितिलाई दिई बाकी ५० प्रतिशत सम्बन्धित जग्गा धनी करुणानिधिलाई बिकसित घडेरी दिने भनी २०३२ साल भाद्र २३ गते सामुहिक सहमती भएपछि उक्त जग्गा सरकारी भएको थियो ।

    सरकारले उचित मुआब्जा दिएर अधिकरण गरेको उक्त जग्गा भूमाफियाको योजनामा करुणानिधि परिवारले आफू खुसी बेच्ने र कास्कीकै मालपोतमा दलालहरुको नाममा पास गराउदा समाजमा आफ्नो छबि बिग्रिने भएपछि बाहिर जिल्लाका मालपोतमा गएर पास गर्ने गरेका थिए ।

    उनीहरुको यस्तो घटिया हर्कत थाहा पाएपछि नगर बिकासले देशैभरका मालपोतमा रोक्का गर्न पत्राचार गरी उक्त मुद्दा अदालती प्रक्रियामा गएको थियो ।

    उक्त सरकारी जग्गामा आफ्नो हक दाबी गर्दै अदालतमा मुद्दा दर्ता समेत गरेका कोइराला परिवारको रिटलाई पटक-पटक जिल्ला र पुनराबेदन अदालतले खारेज गरी उक्त जग्गामा सरकार बाहेक अरु कसैको हक नपुग्ने भनी प्रस्ट बोलेको थियो ।

    उक्त जग्गालाई निजी बनाउन नसकेर छटपटाइ रहेका कोइराला परिवारले पछिल्लो पटक निकै ठुलो आर्थिक चलखेल गर्दै सर्बोच्च अदालतसम्म पुगेर मोटो रकम खुवाई आफ्नो पक्षमा फैशला गराएको कारण नेकपा कास्कीले आफ्नो कब्जामा लीएको हो ।

    नेकपाले यसरी सरकारी जमिनलाई निजिकरण गर्ने भूमाफियाको हर्कतप्रति गम्भीर आपत्ति जनाउँदै कालो ब्यानर र झण्डा गाढेर जग्गा सार्बजनिक गर्न कब्जा गरेको जनाएको छ ।

    जग्गा कब्जापछि नेकपाले छोडेर गएको पर्चामा भनिएको छ- ‘यो जमिन कुनै पनि व्यक्तिले खरिदबिक्री गर्न, बैंकमा धितो राख्ने एवं भाडामा दिनेलिने जस्तो कुनै पनि कार्य नगर्न नगराउन सबैमा सार्बजनिक अपिल मार्फत जानकारी गराउदछौ ।’

    यस्तै नेकपाले उक्त जग्गा तत्काल पोखरा उपत्यका नगर बिकासको नाममा गराइ भुमाफियालाइ कारबाहीको माग समेत गरेको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ