• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

चामल चोरेको आरोपमा भाजपाका नेता राठौड पक्राउ

2.3K
SHARES



काठमाडाैं । चामल चोरेको आरोपमा कर्णाटकमा भारतीय जनता पार्टी (भाजपा)का एक नेता पक्राउ परेका छन् । चामल चाेरेकाे घटनामा कर्नाटक सरकारको अन्न भाग्य योजनासँग पनि सम्बन्धित रहेकाे स्राेतकाे दावि छ ।

प्रहरीले कुलबुर्गी सहरस्थित आवासबाट कर्नाटक भाजपाका नेता मणिकान्त राठौडलाई पक्राउ गरेको छ । यसअघि नै प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको भएपनि उनी पेस भएका थिएनन् ।

मणिकान्त ६ हजार ७७ क्विन्टल चामल चोरीको मामिलामा पक्राउ परेका हुन् । चोरी भएको चामलको मूल्य २ करोड भारुभन्दा बढी रहेको बताइएको छ । चामल राज्यको यादगिर जिल्लाको सरकारी गोदामबाट गायब भएको थियो ।

अन्न भाग्य योजना अन्तर्गत कर्नाटक सरकारले हरेक गरिब परिवारलाई महिनेपिच्छे १० केजी अन्न सित्तैमा दिँदै आएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ