• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमालेबाट विद्रोह गरेर न्यायोचित काम गर्‍यौँ : माधव नेपाल

    1.2K
    SHARES



    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताएका छन् ।

    शुक्रबार पार्टीकाे केन्द्रीय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको बताएका हुन् । उनले एमालेबाट विद्रोह गरेर आफूहरूले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको बताएका हुन् ।

    अध्यक्ष नेपालले आफूहरूले मुलुकलाई सही दिशामा अगाडि बढाउन भूमिका निर्वाह गरेको भन्दै विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताए ।

    उनले एमालेबाट विद्रोह नगरेको भए आफूहरू गल्लीमा भड्किइरहेको अवस्थामा हुने बताए । उनले आफूहरूले आत्मसमर्पण नगरेको पनि बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ