काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् ।
बाराणसी क्षेत्रमा उम्मेदवार बनेका मोदीले कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई १ लाख ५२ हजार मतान्तरले पराजित गरेका हुन् । उनी यही क्षेत्रबाट तेस्रो पटक चुनिएका हुन् ।
तर उनको मतान्तर भने घटेको छ । २०१९ मा मोदी ४ लाख ७९ हजार ५ सय ५ मतान्तरले विजयी भएका थिए । मोदीको दल भारतीय जनता पार्टी (भाजपा) भने बहुमत ल्याउन असफल भएको छ ।
जारी मत गणनामा भाजपा २४३ सिटमा अगाडि छ । एनडीए गठबन्धन भने २९३ सिटमा अगाडि छ ।
प्रतिक्रिया