काठमाडौं । प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेसले फेरि संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएलगत्तै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
बैठक केहि बेरमा संघीय संसद भवनको ल्होत्से हल नयाँ बानेश्वरमा बस्दै छ । बैठकले प्रधानमन्त्रीको विश्वासको मतपछि विकसित राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति तय गर्ने बताइएको छ ।
यसअघि बिहान बसेको संसदीय दल बैठकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको बटमलाइन दोहोर्याएको थियो ।
प्रतिक्रिया