काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो । यसका लागि कांग्रेसले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
सोमबार बिहान बसेको कांग्रेस संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरुलाई ह्वीप जारी गर्नुका साथै संसदको अवरोध जारी राख्ने निर्णय पनि गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेसको उक्त निर्णयले आजको बैठक पनि प्रभावित हुने देखिन्छ ।
प्रतिक्रिया