• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    इलामका जनताले पपुलिजम र जातिवाद स्वीकार्य छैन भन्‍ने सन्देश दिए- शंकर पोखरेल

    0.9K
    SHARES



    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले इलामका जनताले पपुलिजम र जातिवाद स्वीकार्य छैन भन्ने सन्देश दिएका बताए । इलाममा पपुलिजमका आधारमा विचारधारको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प खोज्ने प्रयास असफल भएको बताएका हुन् ।

    नेकपा एमाले प्युठान-काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पपुलिजम कि विचार भन्ने परीक्षण गर्नुपर्ने अवस्थामा इलाममा भएको उपनिर्वाचनमा पपुलिजम स्वीकार्य छैन भन्ने सन्देश जनताले दिएको बताएका हुन् ।

    उनले कोशी प्रदेशको नामकरणको विरुद्धमा एमालेलाई नियोजित रूपमा कमजोर पार्नका लागि आन्दोलन चलाइएको अवस्थामा जातिवाद स्वीकार्य छैन भन्ने सन्देश पनि उपनिर्वाचनले दिएको बताए ।

    एमालेको नेतृत्वमा सरकार बन्दा नेपाल एउटा विश्वको नमूना राष्ट्रका रूपमा पुर्‍याउन सफल भए पनि षड्यन्त्रपूर्ण विस्थापित गर्दा मुलुक अप्ठेरो अवस्थामा पुगेको पोखरेलको भनाइ छ ।

    मुलुकको अप्ठेरो अवस्थामा लामो समय गयो भने सम्हाल्न नसक्ने अवस्थामा पुग्न सक्ने भएकाले एमालेको पहलमा नयाँ सत्ता समीकरण बनाइएको उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ