• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    संसद बन्द गरेर सरकार सहकारी पीडितको विपक्षमा उभियो- सभापति देउवा

    473
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेर सरकार सहकारी पीडितको विपक्षमा उभिएको बताएका छन् ।

    आइतबार बिहान नयाँ बानेश्वरमास्थित ल्होत्से हलमा बसेको दलको बैठकमा सभापति देउवाले संसद अधिवेशन अन्त्य गर्नुले सरकार सहकारी पीडितको पक्षमा नरहेको प्रस्ट भएको बताए ।

    ‘संसद् अधिवेशन अन्त्य गरेर सरकार सहकारी पीडितका पक्षमा नभएको, सुशासनको पक्ष नरहेको र गैरजिम्मेवारी रूपमा प्रस्तुत भएको पुष्टि हुन्छ,’ उनको भनाइ थियो । सहकारी पीडित र सुशासनको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहन उनले सांसदहरूलाई निर्देशन दिए ।

    सरकारले आज राति १२ बजेदेखि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गर्न सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ । कांग्रेसले उठाएका जनताका सवालबाट सरकार भाग्न अधिवेशन अन्त्य गर्ने बाटोमा लागेको उनको आरोप थियो ।

    ‘हामीले उठाएको माग नेपाली कांग्रेसको पार्टीगत नभई लाखौँ सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय हो । यस्तो गम्भीर विषयलाई संसदीय छानबिन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन माग गरिएकोमा यसलाई सरकारले छल्ने उद्देश्यले संसद नै बन्द गर्ने निर्णय गरेको छ,’ देउवाले भने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ