काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ ।
प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएसँगै लिम्बु सर्वसम्मत उम्मेदवार बनेका हुन् ।
यस्तै, नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले चैत २२ गतेभित्र प्रदेशको सिट बाँडफाँट टुङ्गो लगाउने बताएका छन् । उनले सिट बाँडफाँटमा गठबन्धनका शीर्ष नेताहरूबिच छलफल भइरहेको भएपनि निष्कर्षमा नपुगेको जानकारी दिए ।
‘फाइनल भइसेको छैन । नेताहरूले छलफल गरिरहनुभएको छ । २२/२३ गतेसम्म प्रायः सबै ठाउँमा मुख्यमन्त्रीले विश्वासको मत लिने समय छ । त्योभन्दा अगाडि नै हामीले टुंग्याउँछौँ । सबै टुंगिएको छैन । छिट्टै टुंग्याउँछौँ । सबै प्याकेजमै टुंग्याउँछौँ ’, उनले भने ।
प्रतिक्रिया