• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण, ‘लोडसेडिङ’को जोखिम टर्‍यो

    505
    SHARES

    काठमाडौँ । भारतले थप तीन महिनाका लागि ५ सय ४४ मेगावाट बिजुली किन्न अनुमति पठाएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका अनुसार आज भारतीय पक्षले ३ महिनाका लागि बिजुली किन्ने अनुमति दिएको हो ।

    यससँगै, नेपालमा डेढ महिनाका लागि हुने ‘लोडसेडिङ’को सम्भावित जोखिम टरेको छ । मन्त्रालयका प्रवक्ता नविनराज सिंहले भारतले आज ३ महिनाका लागि बिजुली किन्ने अनुमति दिएको जानकारी दिए । उनले नेपाललाई डेढ महिनाका लागि मात्रै बिजुली चाहिने भएको समेत बताए ।

    नेपालले १ वर्षका लागि बिजुली आयात गर्ने प्रस्ताव नवीकरण गर्न पठाएको थियो । तर भारतले ३ महिनाका लागि मात्रै गरेको हो ।

    र यो पनि दिउँसोका समयका लागि मात्रै अनुमति प्रदान गरेको छ । डेढ महिनाको आपूर्ति व्यवस्थापन भएपछि भने नेपालको आफ्नै उत्पादन पर्याप्त मात्रामा सुरु हुन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ