• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    खरिदार पौडेलसहित सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

    0.9K
    SHARES



    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

    अख्तियारले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंकप्रसाद निरौला, सोलुखुम्बुको खुम्बु गाउँपालिकाको वडा नम्बर १ बस्ने बुद्धमाया थापा मगर र उनको नाति रामकृष्ण थापामगर, फुर गेल्जे शेर्पा, ङिम याङजि शेर्पा, ल्हाक्पा दिकि शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्व. मिङमा ल्हमू शेर्पालाई प्रतिवादी बनाएको छ ।

    अख्तियारले उनीहरूले नक्कली श्रेस्ता खडा गरी सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा ६ लाख १८ हजार बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया