• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    जब ओलीले भनेको नमान्नेलाई ‘भीम रावलको हालत बनाइदिने’ चेतावनी दिए….

    4.1K
    SHARES

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापामा अधिवेशन अघि नै पदाधिकारीको नाम घोषणा गरिदिएपछि उनकै टिम विभाजित बनेको छ।

    ओलीले आफूले भनेको नमान्नेलाई ‘भीम रावलको हालत बनाइदिने’ चेतावनी दिएपछि झापा एमालेभित्र उनकै टिम दुई धारमा विभक्त देखिएका हुन्।

    पार्टीको ११ औं जिल्ला सम्मेलन उद्घाटनका लागि गएको बुधबार नै झापा आएका ओलीले सोही साँझ उपलब्ध केन्द्रीय सदस्य, जिल्लाका नेताहरु राखेर नयाँ जिल्ला नेतृत्वबारे छलफल गरेका थिए। त्यसक्रममा ओलीले जिल्लाका पदाधिकारीको नाम घोषणा गरेको एमाले नेताहरुले बताएका छन्।

    अध्यक्ष ओलीले यस्तो निर्देशन दिए पनि झापामा भने ओलीले अघि सारेका अध्यक्षका दाबेदार प्रेम गिरीलाई हालका जिल्ला कमिटी सचिव शिव ढुङ्गेलले चुनौती दिइरहेका छन्।

    ढुङ्गेल पनि ओली समूहकै नेता हुन्। यद्यपि ओलीले उनलाई जिल्ला कमिटीको पदाधिकारीको कुनै पनि पदमा नाम नलिएपछि ढुंगेलका समर्थकहरु क्रुद्ध बनेका छन्।

    तत्कालीन जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएपछि उपाध्यक्ष गिरीले कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहेका छन्। गिरी र सचिव ढुङ्गेल अध्यक्ष बन्ने दौडमा थिए।

    बिहीबार बिर्तामोडमा अधिवेशन उद्घाटन कार्यक्रम तय थियो। त्यसअघि नै बुधबार साँझ ओलीले पदाधिकारी बनाउनेहरुको नाम घोषणा गरिदिएपछि ढुङ्गेल समर्थकहरुले असन्तुष्टी प्रकट गरेका छन्।

    बिहीबार अधिवेशन उद्घाटनका क्रममा ओलीले आफूले भनेको नमान्नेको हालत कस्तो हुन्छ भन्ने कुरा केन्द्रीय महाधिवेशनमा ‘एक जनाले भोगेको’ दृष्टान्त हेर्न चेतावनी दिएका थिए। उनको संकेत भीम रावलतर्फ थियो।

    ओलीले अधिवेशन अगावै पदाधिकारीको नाम घोषणा गरेपछि जिल्लामा तैं चुप मै चुपको अवस्था सिर्जना भएको एमाले नेताहरुले बताएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ