• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    मणिपुरको सीआरपीएफ क्याम्पमा आक्रमण, दुई सैनिकको मृत्यु

    1.3K
    SHARES



    मणिपुर । मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का दुई जवानको मृत्यु भएको छ। यस हमलामा सीआरपीएफका दुई जवान पनि घाइते भएका छन्।

    शनिबार बिहान करिब १ बजे मोइराङ प्रहरी चौकी क्षेत्रको मेइतीबहुल नारायणसेना गाउँमा उक्त हमला भएको हो । आक्रमणमा मारिएका सिपाहीहरू नारायणसेना क्षेत्रमा तैनाथ सीआरपीएफको १२८ औं बटालियनका थिए।

    आक्रमणको पुष्टि गर्दै विष्णुपुर जिल्लाका प्रहरी उपरीक्षक रवि कुमारले बीबीसीलाई भने, ‘आक्रमण शनिबार बिहान करिब १२:४५ बजे भएको थियो। संदिग्ध चरमपन्थीहरूले पहाडको चुचुरोबाट नारायणसेना गाउँमा अन्धाधुन्ध गोली चलाउन थालेको जानकारी छ। सीआरपीएफ क्याम्पमा बम पनि फ्याँकिएको थियो ।’

    आक्रमणको क्रममा सीआरपीएफ बटालियनको पोस्टमा बम विस्फोट भएको थियो जसमा दुई सैनिकको मृत्यु भयो भने दुई जना घाइते भए। प्रहरीले मारिएका सीआरपीएफ जवानहरूको पहिचान सब इन्स्पेक्टर एन सरकार र हेड कन्स्टेबल अरुप सैनीको रूपमा गरेको छ।

    यसअघि २४ अप्रिलमा राष्ट्रिय राजमार्ग-२ (इम्फालदेखि दिमापुर) मा एउटा बम विस्फोट भएको थियो जसमा एउटा पुलमा क्षति पुगेको थियो।

    मणिपुरमा गत वर्ष मे महिनामा सुरु भएको मेइती र कुकी जनजातिबिचको जातीय हिंसामा हालसम्म २ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ५० हजारभन्दा बढी घरबारविहीन भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया