• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सार्वजनिक खरिद सूचना पत्रिकामा अनिवार्य प्रकाशित गर्नुपर्ने

    513
    SHARES



    काठमाडौं । सार्वजनिक खरिद सम्बन्धी सूचनाहरू पत्रपत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने भएको छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली निर्देशिका–२०८० जारी गर्दै विद्युतीय खरिद प्रणालीमार्फत बोलपत्र आह्वान गरेपछि पत्रपत्रिकामा बोलपत्र आह्वान नगर्नुपर्ने व्यवस्था उल्लेख गरेको थियो ।

    निर्देशिकाको दफा ५ (१) मा ‘सरकारी कोष प्रयोग गरी खरिद गर्ने संस्थाले खुला रूपमा बोलपत्र वा पूर्वयोग्यता वा प्रस्ताव आह्वान गरी निर्माण कार्य वा मालसामान वा परामर्श सेवा वा अन्य सेवा खरिद गर्दा विद्युतीय खरिद प्रणालीमार्फत मात्र गर्नु पर्नेछ’ निर्देशिकामा उल्लेख गरेको थियो ।

    यो व्यवस्थाविरुद्ध राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)को तर्फबाट १३ मंसिरमा सर्वोच्च अदालतमा रिट परेको थियो ।

    न्यायाधीश सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको इजलासले गत २० पुसमा फैसला गरेको थियो । उक्त फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया