• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पर्यटनमन्त्री तामाङलाई पूर्वमन्त्री किरातीले बुझाए ९ बुँदे सुझाव पत्र

    869
    SHARES



    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पूर्वमन्त्री सुदन किरातीले मन्त्री हितबहादुर तामाङलाई ९ बुँदे सुझाव पत्र बुझाएका छन् । शुक्रबार मन्त्रालयमा पुगेर पर्यटन तथा नागरिक उड्डयन पूर्वमन्त्री सुदन किरातीले उक्त्त पत्र बुझाएका छन् ।

    नेकपा (माओवादी केन्द्र) का सांसद समेत रहेका किरातीले तामाङलाई सुझाव पत्र बुझाउँदै उनले आफूले देखेको, अनुभव गरेको, कार्य योजना तयार गर्दै गरेको र अगाडि बढाएका कार्ययोजनाहरू अगाडि बढाउन उक्त पत्रमार्फत सुझाएका छन् ।

    सुझाव पत्रमा भनिएको छ, ‘प्रकृति र संस्कृतिको समायोजन गरी स्थानीय स्वाद र स्वामित्व सहित पर्यटनको विकास गर्नुपर्छ भन्नेमा मतैम्यता छ । यद्यपि, नेपाली पर्यटनको विकासलाई तीव्रता दिन, पर्यटन क्षेत्रलाई अझ प्रभावकारी र अर्थतन्त्रको दर्हो खम्बा बनाउनका लागि सूत्र निर्माण गरेर मात्रै सम्भव छ भन्ने मेरो ठम्याइ रहेको छ ।’

    आफ्नो अनुभव र दृष्टिकोणमा नेपालको पर्यटन क्षेत्रमा समग्र विकास गर्न दुईवटा सूत्रमा सूत्रबद्ध गर्न सकिने पनि बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया