• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रदेश समाचार

    हुम्लामा जीप दुर्घटना, २ जनाकाे मृत्यु

    817
    SHARES



    हुम्ला। हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५, का अन्दाजी ३५ वर्षीय फागुने लाेहार र १३ वर्षीय प्रवेश ऐडी रहेका छन् ।

    उनीहरूको घटनास्थलमै‌ मृत्यु भएको हो ‌। यस्तै उक्त घटनामा परी अहिलेसम्म ६ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए ।

    उनका अनुसार अदानचुलीकाे श्रीनगरबाट वडा नम्बर-५, काे बारीगाउँ जाँदै गरेकाे सु ००१ ज ११८३ नम्बरको बाेलेराे जीप दिउसो ४ बजेतिर दुर्घटनामा परेको हो । जीप सडकभन्दा केही तल खसेकाे छ ।

    चन्दका अनुसार घाइतेहरूलाई अस्पताल लैजाने काम भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ‌।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ