• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रदेश समाचार

    दियालो बंगला सर्वसाधारणका लागि खुला गरिने

    758
    SHARES



    चितवन। भरतपुर महानगरपालिका-१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरले लिएको छ ।

    नेपाल ट्रष्ट र महानगरबीच सम्झौता गरी सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरले लिएको हो । सम्झौतापत्रमा ट्रष्टका तर्फबाट सदस्यसचिव झलकराम अधिकारी र महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले हस्ताक्षर गरे ।

    सम्झौताअनुसार महानगरले आउँदो २०८२ साल असार मसान्तसम्म दियालो बङ्गाला सञ्चालन गर्नेछ । सङ्घीय र स्थानीय सरकारबीचको समझदारीमा बङ्गला सञ्चालनको जिम्मेवारी महानगरमा आएको र यसले भरतपुर भ्रमण गर्न आउने पर्यटकका लागि नयाँ गन्तव्य थपिएको मेयर रेणु दाहालले बताइन् ।

    पहिला राजपरिवार, सुरक्षा निकाय र केही कर्मचारीले मात्रै प्रवेश गर्न पाउने भए पनि अब छिट्टै सर्वसाधारणका लागि खुल्ला गरिने महानगरले जनाएको छ ।

    भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्षित गरी दियालो बङ्गला आउँदो वैशाख महिनाभित्रै सर्वसाधारणका लागि खुल्ला गर्ने तयारी भइरहेको छ ।

    ट्रष्टको स्वामित्वमा रहेको दियालो बङ्गला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका हुन् । महेन्द्रको यही दरबारमा निधन भएको थियो । विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बङ्गलामा बस्ने गर्थे ।

    त्यसैले यो बङ्गलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ । राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीं बङ्गलामा भएकाले पनि धेरैको चासोमा पर्ने गर्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ